भारतीय मुद्रा सहित एक पक्राउ

0
368

दिपेन्द्र गिरी ।
वीरगंज, १ पुस ।
पर्सा प्रहरीले अवैध भारतीय मुद्रा सहित एक जना भारतिय नागरीकलाई पक्राउ गरेको छ ।
अबैध रुपमा बिदेशी मुद्रा वीरगंजको सिमा नाका हुदै भारतको रक्सोलबाट नेपाल तर्फ भित्राउदै छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साले प्रहरी टोली परीचालन गरी पक्राउ गर्न प्रहरी सफल भएको प्रहरी स्रोतले जनाएको छ ।

वीरगंज महानगरपालिका वडा नं.– १६ स्थित सन्कराचार्य गेट सडक खण्डमा विभिन्न सवारी साधन तथा पैदल यात्रीहरु समेतको चेकजााच गर्ने क्रममा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार पुर्बी चम्पारण, सितामढि जिल्ला बरगिनिया ग्राम जमुवा वडा नं.–१४ बस्ने गिरधारी साहको छोरा बर्ष ४० ओमप्रकाश साह रहेका छन् ।

साहले शंकास्पद अवस्थामा भारतको रक्सोलबाट बिरगंज तर्फ पैदल हिडि आईरहेको देखि प्रहरीले निजको शरीर खानतलासी लिदा किरिम रङको कपडाले बनाएको लामो थैली कमरमा बेरि लुकाई राखेको भारतीय मुद्रा ५०० दरको नोट ११२४ थान जम्मा ५,६२,०००।– मुद्रा सहित निजलाई पक्राउ गरी आवस्यक कार्वाहीको लागि राजस्व अनुसन्धान बिभाग, मध्य क्षेत्रीय कार्यालय पथलैया बारा पठाएको पर्सा प्रहरीले जनाएको छ ।

Share and Enjoy !

0Shares
0 0 0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here