दिपेन्द्र गिरी । १ पुस, वीरगंज
स्थानिय निकायको चुनाव पछि सबै स्थानिय निकायमा जनप्रतिनिधिहरुले आफ्नो कार्यभार सम्हाली सकेपछि स्थानिय निकायको विकास जनताको चाहना अनुरुप नै गुणस्तरिय र परिणामयुक्त हन्छ भनी सबै जनताहरु ढुक्क भए पनि हाल विरगंज महानगरपालिकाका मेयर, उपमेयर ताथा वडा अध्यक्ष लगायतका जनप्रतिनिधिहरुले जनताको भावना विपरित नगरक्षेत्र भित्र ठुलो देखि सानो योजनाहरु गैर जिम्मेवारीपुर्ण तरिकाले गुणस्तरहीन कार्यहरु गरिरहेको रा.ज.पा नेपाल, पर्साले आरोप लगाएको छ ।
जनप्रतिनिधीले जनताको करबाट उठेको रकमबाट कमसल तथा गुणस्तरहीन कार्य गरी रकम कुमल्याउने कार्य गरिरहेको प्रति रा.ज.पा नेपाल, पर्साको गम्भीर ध्यानकर्षण भएको युवा नेता तथा रा.ज.पाका महामन्त्री समेत रहनुभएका राजेशमान सिंहले बतानुभयो ।
वीरगंज महानगरपालिका क्षेत्र भित्र सञ्चालित ठुला योजनाहरु ए.डि.भि परियोजना, नयाँ बसपार्क, डम्पीङ्ग क्षेत्र लायतको योजनाहरुको समयावधि समाप्त भई पटक–पटक समयावधि थप भए पनि ठेकेदार र कम्पनीको बदमासीका कारण उल्लेखित योजनाहरु सम्पन्न हुन नसक्दा वीरगंज वासीले सास्ती खेप्नु परिरहेको छ भने जनप्रतिनिधिहरु मौन बसिरहेको रा.ज.पा नेपाल, पर्साका संयोजक जगदीश पटेलले बताउनुभयो ।
वीरगंज महानगरपालिकाका निर्वाचित जनप्रतिनिधीले आफ्नो कार्य तथा व्यवहारमा सुधार गरी जनताप्रति उत्तरदायी भई विकास निर्माणका कार्यहरु गर्न गराउन रा.ज.पा नेपाल, पर्साले जोडदार रुपमा माग गरेको छ । मागलाई बेवास्ता गरिएमा जनप्रतिनिधी तथा ठेकेदार कम्पनीको विरुद्धमा संघर्ष गर्ने रा.ज.पा नेपाल, पर्सा बाध्य हुने युवा नेता सिंहले बतानुभयो ।
















