२०८३ असार १८ गते, बिहीबार २०:५१

जनप्रतिनिधिको चासो सम्बोधन गर्न महानगर प्रतिवद्धः डा. भुसाल

वीरगन्ज, १ पौष ।
वीरगन्ज महानगरापालिकाको टोलीले विभिन्न वडाहरुको आकस्मिक निरिक्षण गरेको छ । महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा. भिष्मकुमार भूसाल, उपसचिव शिव प्रसाद लम्साल, योजना महाशाखाका प्रमुख वरिष्ट योजना अधिकृत एकलाख सिद्धिकी लगायका अधिकारीहरुको टोलीले वडा नम्बर २२ र २४ को वडा कार्यालयको  आकस्मिक निरीक्षण गरेको छ ।

वडा कार्यालयका प्रशासनिक कामकार्यवाही, विकास निमार्णका योजनाहरुको स्थलगत अनुगमन गर्दै वडा अध्यक्ष लगायत वडा सदस्यहरुसंग स्थानिय समस्याहरुको बारेमा महानगरपालिकाका अधिकारीहरुले छलफल समेत गर्नुभएको थियो ।

छलफलमा वडामा रहेका समस्याहरुका बारेमा जनप्रतिबाट देखाइएको चासोलाई अबिलम्ब पुरा गरिने प्रतिबद्धता प्रमुख प्रशासकिय अधिकृत डा भिष्मकुमार भूसालले व्यक्त गर्नुभयो । निरिक्षणको कर्ममा डा भूसालले राम्रो कामगर्ने कर्मचारीलाई पुरस्कृत तथा नराम्रो काम गर्नेलाई कडा कार्यवाहि गरिने चेतावनी समेत दिनु भयो ।

साथै महानगरापालिकाको उक्त टोलीले वडा नम्बर २८ बगहीमा रहेको अस्पतालको निरिक्षण तथा अनुगमण समेत गरेको छ ।अस्पतालमा रहेको एक्स रे मेसिन अबिलम्ब संचालन गर्नको लागी आवश्यक पुर्वाधारका व्यवस्थापन गर्ने  लगायत अस्पतालमा भौतिक  समस्याहरुको वारेमा छलफल भएको थियो ।अस्पतालकी प्रमुख डा अनमिका कुमारी सिहंले अस्पतालका चिकित्सकहरुको लागी क्वाटरको  आवश्यकताबारेमा महानगरापालिकाका अधिकारीहरुलाई  जानकारी गराउनु भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM