बैशाखदेखि बसहरु यातायात प्राधिकरण मातहात ल्याउँछौंः भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर मन्त्री महासेठ

0

२९ मंसिर, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पूरानो कानुनका कारण बसहरु कम्पनीमा आउन नसकेको बताएका छन् । अहिलेसम्म १०/१२ हजार मात्र बसहरु कम्पनीमा आएको भन्दै उनले अब यातायात क्षेत्रलाई व्यवस्थित गर्न यातायात प्राधिकरण गठन गर्ने बताए ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री महासेठले भने, ‘यसको लागि समिति बनाइसकेका छौं । यो समितिले आउने साताभित्रै प्रतिवेदन दिन्छ । अब नेपालको यातायातलाई प्राधिकरणले सञ्चालन गर्छ ।’

यातायात प्राधिकरण पब्लिक-प्राईभेट पार्टनरसिप मोडलमा चल्ने र आगामी बैशाख १ गतेदेखि प्राधिकरणकै मातहातमा बसहरु सञ्चालन हुने उनले जानकारी दिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्