वर्तमान सरकार बिरुद्ध नेपाल तरुण दल बाराले ज्ञापन पत्र बुझायो

0

भदौ २६ गते,
अनिल गुप्ता/ २४ गते नेपाल तरुणदल रोल्पा नगरपालिकाका अध्यक्ष रोहित पुन माथि निर्मम तरिकाले गोली प्रहार गरि हत्या गरिएको घटनाको सत्यतथ्य छानविन गरि दोषी माथि कारवाहि गर्न नेपाल तरुण दल बाराले जिल्ला प्रशासन कार्यालय बारा मार्फत प्रधानमन्त्रीको कार्यालय सिहदरबार,काठमाण्डौमा मा वर्तमान सरकार बिरुद्ध ज्ञापन पत्र बझाएका छन् ।
इलाका प्रहरी कार्यलय सुलिचौरमा बाट पन्ध्र मिटरको दुरीमा मात्र रहेको घटनास्थलमा सताधारीको आडमा पार्टीका कार्यकर्ताहरु नेपालको कानुन संग खेलवाड गरी अपराधिक र आतंककारी शैलीमा गरिएको हत्याको नेपाल तरुण दल बाराले घोर भत्र्सना गर्दै तरुणदलका योद्धा पुनलाई तत्काल शहिद घोषणा गरि पिडीत परिवारलाई राहत प्रदान गर्न समेत माग गरेको सो ज्ञापन पत्रमा उल्लेख छ
देशमा भैरहेको हत्या, हिंसा बलात्कार जस्ता जघन्य अपराधलाई टुलुटुलु वर्तमान सरकारले हेरेर बसेको प्रति नेपाल तरुण दल बाराले घोर आपति जनाउदैं सत्ताको आडमा गरिएको यो अपराधीक घटनाको हत्याराहरुलाइ तत्काल कडा भन्दा कडा कारवाहीको माग गर्दै जनताको जिउ धनको सुरक्षा गर्न र अपराधीलाई संरक्षण गर्ने बाटोमा लाग्न चेतावनी समेत सो बिज्ञापन उल्ले गरिएको छ । मांग पुरा नभए वर्तमान सरकार बिरुद्ध कडा आन्दोलन गर्ने बिज्ञपतीमा उल्लेख भएको छ ।
नेपाल तरुण दल बाराका अध्यक्ष लुकेश सिंहको अगुवाईमा बुझार्ईएको ज्ञापन पत्रमा दोय उपा अध्यक्ष अन्जलि साह र मनोज साह, नगर अध्यक्ष शुभाष जैसवाल, तरुण द्ल का दिपेन्द्र पटेल, राजु बर्मा, केदार साह, मदन पटेल, अनिल साह, राजकिशोर साह लगायतको उपस्तिथी रहेको थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्