२०८२ मंसिर २६ गते, शुक्रबार २१:४६

राजनीति गर्नु भन्दा कुवेत नै राम्रो

म बाहिरिएको एक बर्ष पुगेछ । एकबर्ष अर्थात ३६५ दिन ५२ हप्ता पुग्दै गर्दा घोतलिएर सोच्न बाध्य छु जीवनका अति महत्वपूर्ण उर्जाशिल उमेर अनि निसास्सिएको अन्धकार उन्मुख भबिष्य र खाडीको बसाई उचित दाम र अधिकार नभएको ठाउँ जहाँ श्रमिक दिवसमा श्रमिकहरु छुट्टी पाउँदैन जहाँको तापक्रमले बालुवामा काँचो अण्डा राख्दा अमलेट बन्छ, जहाँ एउटा उपयुक्त हावापानी भएको नेपाल र त्यहाँका युवाहरु गैती र बेल्चा चलाउन बाध्य छन् ।
कृत्रिम हावापानीको चङ्गुल भित्र तड्पिएर बाँच्न बिवस छन् । मरभुमी हरियो पार्न तल्लीन छन्, बडाबडा इमारत निर्माणमा खटिएका छन् । अङ्ग भङ्ग भएका छन् । प्रत्येक दिन सुतेर उठ्ने ग्यारेन्टी निश्चित छैन् र सिमाका खच्चर झै परिवारको जोहो गर्न एकहोरिएर लागेका छन् । खफुस–अरबी रोटि) र दहि सङ्गै आफ्नो दिनचर्या चलाउँदै गुणस्तरहीन स्कुलमा आफ्ना सन्तानको शिक्षा देखासीखीकै भरमा पढाउन बिवस छन् । भु–माफियाले चिरा– चिरा पारेर खण्डित बनाएको जमिन अर्कैलाई देखाउन भएपनी किन्न बाध्य छन् ।
नुन खोज्दै आएको युवालाई सुन सम्म पु¥याउनु पर्ने बाध्यता छ नत्र समाजले घटियाको संज्ञा दिन्छ बाध्य भएर नुन छोडेर सुन खोज गर्नुपर्ने बाध्यता म लगायत लाखौ युवाको बाध्यता छ, विभिन्न आशा सहित चुनावी चटारो सकाएर नेताहरूलाई जिताएर स्थानीय तहको जिम्मा लगाउदै मन अमिलो पार्दै बिदेसिदा पिडा त पक्कै भयो तर बिस्तारै परिवारको खुसी सँग आफ्नो खुन पसिना साट्दा सुखद महसुस हुँदै गयो । राजनीति गर्दा परिवार एकदमै दुःखी थिए चुनाव प्रचारप्रसार गर्न जाँदा होस या अन्य कार्यक्रममा जादा होस् श्रीमती कहिले खुसी भैनन् किनकी उनिमा आर्थिक जिम्मेवारी पारिवारिक दायित्व थियो तर म राजनैतिक नसामा थिए । रातदिन हिडिन्थ्यो । जनताका समस्या गाँस, बाँस, कपास शिक्षा र स्वास्थ हाम्रै पार्टीले जिते मात्रै सम्भावना छ भन्दै खोक्दै हिडे तर मनमा चाहिँ आफू बाहिर हिड्न लागेको कुराले खलिराख्थ्यो । युवाहरूलाई रोजगारीको ग्यारेन्टी गर्छौ हामीलाई जिताउ भन्दै धेरै खोकियो ।
पुल पुलेसा बाटा घाटा हामिले बनाउछौ भन्दै घर घर पुगियो । बृद्ध अवस्थामा प्रवेश गरेका बाबाआमाहरुलाई वृद्ध भत्ता बढाउने कुराहरु गरिन्थ्यो । घर घरमा सिंहदरवार हुन्छ भन्दै हिडिन्थ्यो । माइकिङ देखि पोस्टर पम्पिलेटिङ बाल पेन्टिङ गर्दै हिडियो । सोचे जस्तो परिणाम न आएपनी आम्शिक सफलता सहित जितियो पनि । म यता आउनु भन्दा केही पहिले देखि भिसा बढाउदै बढाउदै गए आफै खर्च गरे । घरमा तेरो भिसा आएन र ? भन्दै परिवार चिन्तित हुनुहुन्थ्यो किनकि चुनाव भन्दा अगाडि बाहिर जाओस् भन्ने चाहाना उहाँहरुको थियो । म बुझ्थे तर यो चुनाव भरपुर रूपमा उपयोग गरेर जनताका आधारभुत समस्या समाधान गराउनु पर्छ भन्नेमा म दृढ़ थिए । भिसा बढाउँदै बसे अर्को हप्ता उडान भन्दै चुनाव सम्म लम्बाएरै बसे । बिजय जुलुस मनाएर काठमाडौ लागे । बिदेश उडे । मन अति भक्कानिएर आयो । नेपालको राजनीति देख्दा पैसा नहुनेहरु चुनाव नलड्दा हुने अबस्था रहेछ ।
सर्वहाराका नाइके बताउनेहरु गाउँमा ब्रोइलर कुखुरा फ्याक्दै हिडेको देखे । समाजबादका प्रखर भन्नेहरू ग्यालेनका ग्यालेन रक्सी झार्दै चुनावमा होमिएको देखे । सोच बदलिएछ खुवाएरै जित्नुपर्छ भन्ने कथित सोच र कुन नेताले के खुवाउँछ भन्ने सोच जनतामा पनि प्रसस्त भेटे । हिजो गरिएका बाचाहरु कहि कतै पूरा भएनन् हुदैनन् पनि किनकि क्रान्तिकारीहरुलाई चुनाव जिताउँदा बैचारिक खिया लाग्छ हराउँदा क्रान्ति प्रति मोह बढछ भन्ने यथार्थ संसार भरीका युद्ध र पार्टीका इतिहासले प्रस्ट पार्छ । त्यस्तै सायद हामीमा पनि भएको आभास हुन्छ । सहयात्रीहरु चुनाव पछि टाढिदै जान्छन् हिजो जिताउन मरिमेट्नेहरु आज फोन गर्दा उठाउन नसक्ने मित्रका रूपमा बदलिएका छन् ।
हिजो तपाईंले बाचा गर्नु भयो, जितेपछि म पु¥यउँछु भन्नेहरू आज डिभोर्स पछिका लोग्ने स्वास्नी जस्ता भएका छन् । म त कहिले कसैको आसा गर्दिन र मलाई यसो गर्दिनुस उसो गर्दिनुस भन्दिन तर हिजो युवाहरुका माझ गरिएका बाचाले निद्रा लाग्दैन, लाज लागेर आउँछ घर कम्पनीले दिएको छुट्टी सदुपयोग गर्न समेत जान मन लाग्दैन किनकि बाचा गरियो भने आफ्नो बाचा पूरा गर्नुपर्छ भन्ने अठोट छ मेरो र हिजो त्यसै कारण बाचा गरेको पनि थिए आम युवाहरु संग । एक बर्ष बिताएको कुवेत बसाईबाट घर जान पटक–पटक प्रयास पनि गरे । युरोपकै देशमा जाने जमर्को समेत गरे तर श्रीमती र परिवारको चाहाना लत्याउन सकिन हिजो दुःखीत मेरी उनी अहिले अति खुसी छिन् । चुनावताका भन्थिन तपाईंका नेताले केही गर्दैनन् नजित्दा सम्म हो जिते भने टेरपुच्छर लाउदैनन् बरु आलु लगाउनुस खेती गर्नुस आफ्नो गोजि रित्याएर राजनीति नगर्नुस भन्दा त्यतिबेला दुःखद महसुस हुन्थ्यो तर उनी जायज रहिछन् नबुझेको त म रहेछु भन्दै आजभोलि घोतलिन्छु । खैर समय हो राजनीति र रक्सी भनेका त्यस्ता चिज हुन जो उपयोगमा नल्याउँदा थाहा नै हुन्न तर उपयोगमा आयो भने छोड्न नसक्ने अफिमको नसा भन्दापनी गा¥हो हुदोरहेछ ।
आजभोलि परिवारको खुसी सँगै मेरो दिनचर्या निराश र खुसी हुने गरेका छन जो अलि पहिलै हुनुपर्थ्यो ढिलै भएपनि होस् आएको छ अब होस नगुमाइयोस भन्नेमा चिन्तित छु । आशा गरे अनुरुप कमाउन नसकिएला तर पारिवारिक खुशी म यतै हुँदा देख्दै छु तसर्थ कुवेत बसाइँ अलि लम्बाउने सोचमा छु । जे जस्तो भएपनि तरकारी खाइरहेको मानिस मासु खान पाउँदा रमाए जत्तिकै म पनि रमाएकै छु यसैलाई महान सम्झिन्छु ।
साठी डिग्रीको घामनै भएपनी पारिवारिक मुस्कुराहटले शितलता महसुस गराउछ खैरातको राजनीति भन्दा खुसी छु साथीहरू पनि मिलनसार हुनुहुन्छ मीठो बोल्नुहुन्छ कम्पनी प्रति गुनासो छैन, आफ्नो क्षमता प्रति मात्रै गुनासो छ । यतै बसेर छोराछोरीलाई उचित शिक्षा दिन सकु बस् आलिसान महल चाहिएको छैन भन्नेतिर आफ्नो जिबनौन्मुख गराउदै आज कुवेत प्रवेश र नेपाल छोडेको बर्षगाठ श्रम गर्दै मनाउदै छु लाखौं मजदुर सँगै ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d slot gacor
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM