Wednesday, September 11, 2024
घरविचारधर्म संस्कृतियुवराज पारस गोरक्षधाम मृगस्थली धाउँदै कर्मनिष्टको ज्ञान ग्रहण गर्दै

युवराज पारस गोरक्षधाम मृगस्थली धाउँदै कर्मनिष्टको ज्ञान ग्रहण गर्दै

युवराज पारस गोरक्षधाम मृगस्थली धाउँदै कर्मनिष्टको ज्ञान ग्रहण गर्दै
ॐ शिवगोरक्षनाथाय नमः । ॐ गोरक्षकालिभ्यां नमः ।।

हिमवत्खण्डको मौलिक पहिचान नै विश्वमानवसमुदायको मौलिक पहिचान हो ।। हिमवतखण्ड तथा पाँच सय भन्दा बढि हस्तलिखित सोध, ग्रन्थ , लेख , रचना गुरु नरहरिनाथ ज्युले अथाहा ज्ञानको भण्डार हामी सामु राखेर चेतनाको उज्यालो छर्न प्रयास गर्नु भएको छ । सो ज्ञानको भण्डारलाई बिभीन्न समय तथा परिस्थितिमा बिदेशी शक्तिका दलालहरूले नष्ट गर्ने प्रयास नगरेका पनि होइनन् । कति त नष्ट गरियो तहसनहस पनि पारियो । बि.सं. २०४६ सालको प्रजातन्त्रको नाममा भएको उद्वण्डको समयमा मृगस्थली अागो लगाउनु र प्रचण्डको जनयुद्ध कालमा दाङको संस्कृत बिध्यालयमा अागो लगाउनुको भित्री रहस्य भनेकै हाम्रो अामुल तथा हाम्रो मुल बिचार निमिट्यान्न पार्नु हो भन्ने हेक्का राख्न पर्दछ । बाँकि सिमीत संग्रह तथा लेखहरू सुरक्षित र संरक्षित गर्दै बृहत् अाध्यात्मिक परिषदले प्रकाशित गर्ने क्रममा छ ।

हिमवतखण्ड प्रकाशित हुन नसकेता पनि हाल अाएर त्रिभुवन विश्व बिद्व्यालयको सिनाससँग मास्टर लेभलको सोसियलजि फ्याकल्टिमा राख्ने सम्झौता भएको छ । त्यसको कारण एउटै छ , त्यो नेपाली बिध्यार्थीले सोध , अन्वेशण , पढाइ अनुसन्धान गर्न तथा चाहनाले नभई बिदेशी बिध्यार्थीको अत्यन्त चाहना हिमवतखण्डको संस्कृति प्रति अाकर्षणले गर्दा बाध्य भएर राख्नु परेको बुझिएको छ । जसले गर्दा अब बिदेशी बिध्यार्थीलाई तथा नेपाली बिध्यार्थीले चाहे वा मनन गरेमा मास्टर लेभल तथा डक्ट्रेट गर्न सहज रूपले हिमवतखण्ड र त्यस सम्बन्धि अन्य सामाग्री उपलब्ध हुने भएको छ । हामीलाई शरम लाग्नु पर्ने हो जुन ज्ञानको भण्डार हामी सँग छ त्यसको बेवास्ता गर्छौं तर अायतित शिक्षा बारे रूचि राख्छौं भने ठिक यसको उल्टो अवस्था बिदेशी बिध्यार्थीको भने यस सम्बन्धि रूचि राख्दै ज्ञान ग्रहण गर्न उत्साहित छन् । नजिकको तिर्थ हेला नेपालीले यो उखान त्यसै उच्चारण गर्दैनन् होला , शायद अाफ्नै चरित्र बुझ्न बाध्य भएर होला । विभिन्न कारण तथा धेरै उतारचढावले गर्दा पनि होला सायद अहिलेको राजसंस्थाको सदस्यहरूले यसलाई उच्च महत्व र प्राथमिकता दिंदै अाएको छ । हाम्रो राष्ट्र , राष्ट्रियता , धर्म संस्कृति , रानसंस्था र देनहरू , अाफ्नो कुलगुरु गोरक्षनाथ , कुलदेव गोरक्षकाली , राष्ट्रगुरु योगी नरहरिनाथ , गोर्खाको अमर ईतिहास , नेपालको बैज्ञानिक राज्य संचालन प्रणाली तथा कर्मनिष्ट बिषय अन्तर्गत पढ्न र बुझ्न युवराज पारस अाफै मृगस्थलीको बृहत् अाभ्यात्मिक परिषदको पुस्तकालयमा एउटा बिध्यार्थी झै हाजिरी हुन थालेका छन् ।


बिहीबार, ज्येष्ठ २४ गते अधिक ज्येष्ठ कृष्ण अष्टमीको दिनको २.०० बजेको समयमा श्री ५ युवजराधिराज सरकार पारस बीर बिक्रम शाहदेव र नवयुवराजधिराज सरकार श्री ५ हृदयेन्द्र बीर बिक्रम शाहदेव तथा अन्य शाही परिवार गुरु गोरक्षनाथ धाम मृगस्थली सवारी हुने कार्यक्रम पनि रहेको छ । सोही दिन सरकारहरू बृहत् अाध्यात्मिक परिषदको पुस्तकालयको विशेष कक्षामा सम्मिलीत भई नौनाथ / गोरक्षनाथ / शाहवंश र गुरु गोरक्षनाथको अन्तर्सम्बन्ध / धर्मशास्त्र अनुसारको वैदिक चार सत्ता / नेपालमण्डल र गोरखा विस्तार / शाहवंशका देनहरू/ पृथ्वीनारायण शाहको राज्य सञ्चालन नीति /दिव्य उपदेश / महेन्द्र नीति / योगी नरहरिनाथ / मौलिक शिक्षा नीति , अर्थनीति तथा ईतिहासकालका अत्यन्त महत्त्वपूर्ण सामाग्री रहेको श्रव्यदउश्य नजर हुने कार्यक्रम रहेको छ । अाधुनिक युगलाई मनन गर्दै शाही परिवार अाफै अन्य स्थानमा बिध्यारथी झैँ उपस्थित भई अाफ्नो चेतनाको धारलाई चरम बिन्दुमा पुर्याउने प्रयास एउटा विशिष्ट पक्ष हो ।

त्यस समयमा उहाँहरूद्वारा कर्मनिष्टाको व्याख्या प्रति बहस तथा ज्ञान अादन प्रदान गर्ने तथा मुख्य उध्यस्य भनेको नेपालको सत्ता रूपान्तरित गर्दै भबिष्यको सत्ता सञ्चालन प्रति अफ्नो रूचि जगाउनु पनि हो । हुनत युवराज पारसको यो चौथो दिन हो भने अन्य शाही परिवारको लागि पहिलो कक्षा हो । युवराज पारसलाई स्वागरार्थ उपस्थित हुने गोर्खा बासी तथा मुलबासी समुदायसँग दर्शन भेट पनि हुने गरेको छ । उक्त भेटघाटको समयमा कक्षामा भएको ज्ञान बारे बिचार विमर्श गर्ने तथा अागामि खाका गोर्खा राज्य यानि अहिलेको अाधुनिक नेपालको कस्त‍ो हुने र राज्य संचालन कुन बिधीद्वारा कसरी गर्ने भन्ने परामर्ष पनि हुने गरेको छ , सेल्फि खिच्ने बाहेक ।

शिक्षा विकारे सकल विकार । शिक्षा सुधारे सकल सुधार ।। यो योगि नरहरि नाथको ब्रम्ह वाणी हो । उनले नया शिक्षाले नेपाल नै तहस नहस पार्छ भनी त्यस समयमै चेतावनि दिंदै अागे भनेका थिए , बिदेशी शक्तिको मुख्य गिद्वे नजर नै हाम्रो धर्म संसकृतिलाई ध्वस्त पारि नेपालमा राज गरि दुई विशाल देशमा खेलवाड गर्नु हो भन्दै हाम्रो मौलिक बिचारलाई प्रोत्साहन गर्नु पर्छ । तर जे कुराको पनि नतिजा वा रिजल्टले देखाउँदछ जुन अाज हामीले भोगि रहेका छौँ । हामी यति निरीह भएका छौँ कि हामीले बुझेर पनि केही गर्ने तथा राष्ट्र बचाउन सामर्थ्य राख्न सक्दैनौ , कारण स्पष्ट छ बिदेशी शिक्षा ।

 

योगि जिले सायद यहि बुझेर होला उनले पृथ्वीनारायण शाहको देन र वाणी बारे सोध खोज अनुसन्धान प्रति समय खर्चे । उनी कै बलमा ह‍ो राज्यले पृथ्वीनारायण शाहलाई सम्मानित गर्दै राष्ट्रिय एकता दिवस मनाउने चलन अधि बढाए । बिडम्बना अहिलेको दलाल सरकार तथा कठपुतलीले बिदेशी संस्कृतिलाई महत्व दिई बिदा दिन्छन् तर पृथ्वीनारायण शाहको देनलाई महत्व नदिई बिदा कटाई कुनै राष्ट्रिय कार्यक्रमको महत्व दिंदैनन् । योगि जिले पृथ्वीनारायण शाहको विभिन्न गाथा गाइ शिवराम सिंह बस्नेतसँग संकलित र संरक्षित हस्तलिखीत बडामहाजधिराजको बाणीलाई प्रकाशित गरि समस्त गोरखा मुलबासि समक्ष पुर्यादिने महान कार्य गर्नु भयो ।

महाराज व्याग्र बेदनाथ , केन्द्रीय संयोजक , राष्ट्रिय सरोकार मञ्च नेपालक‍ो सकृयता र भुमिकामा युवराज पारस सरकारले मृगस्थलीको पावन भुमिमा शिक्षा ग्रहण गर्ने सुअवसर प्राप्त गरे । पारस सरकारले भेट्न अाउने सम्पुर्ण महानुभावसँग कर्मनिष्ठाको बिषयलाई प्रथमिकता दिई हाम्रो मुख्य शासन पद्वतिको अाधार नै यहि हो भन्ने जानकारी दिई बक्सेको छ । पारस सरकारक‍ो भनाईलाई कोट गर्ने हो भने हाम्रो धर्म संस्कृति प्रति धावा बोल्दै समाजलाई जातिय तथा अखण्डतामा बिष रोप्ने काम हजार बर्ष पहिला देखिको नै हो । जसले अाफ्नो सिमीत स्वार्थमा हामिलाई लडाउने काम भयो भने बिडम्बना त्यसक‍ो गोटिको प्रतिनिधित्व हामी नेपालीले नै गर्यौं । सरकारको भनाईलाई उधृत गर्ने हो हाम्रो मिलेर बसेको उच्चकोटिको कर्मनिष्ट भएको समाज देखि लालयित तथा प्रभावित भई बिदेशीले अधकल्चो शिक्षा तथा ज्ञान मात्रलाई लग्न सामर्थ्य भए । कम्युन भनेको ल्याटिनमा समाज हो जुन अपभ्रंश भई अंग्रेजीमा कम्युनिटी भयो । तर हाम्रो कर्मनिष्ठ समाजलाई अंग्रेजीले उच्चारण गर्न नसकी कम्युनिष्ट भएको बुझाई युवराज पारस सरकारको छ । जुन जायज पनि देखिन्छ । हामीले वैदिक साम्यवाद भन्यौ , जहाँ विश्व चराचर जगत तथा प्राणी कै सम्मान हुन्छ , जहाँ स्वतन्त्रता हुन्छ , जहाँ सबै समान हैसियत हुन्छ , कामको बाँडफाँड हुन्छ , सबै कर्मै गरिरहेका हुन्छन् कुनै फलको लोभ लालच नगरि । गो झैँ चलायामान तथा प्रगतिशिल हुन्छ गाई झैँ । जहाँ गोरक्षा , गाइको रक्षा वा निरन्तरताको रक्षा हुन्छ । तर बिदेशी झोलेहरूले अाफ्नो साथमा बिदेशीको बिचार कर्मनिष्ट उच्चारण गर्न नसकि कम्युनिष्ट भनिएकोको बिचार तथा अन्य बिदेशीको बिचार भनी यहि धर्तिमा प्राधुर्भाव भएको तर अधकल्चो बिचारलाई महान बिचार भनी नेपालीको मन मष्तिस्कमा लादे । तर तिनीहरूलाई हेक्का भएन तिनीहरूका दार्शनिक तथा बिचार प्रबर्धक हाम्रै बेद , उनशिषेद तथा रामायण , गिता , महाभारत र बिचारबाट प्रभावित भएकाहरू नै थिए ।
राष्ट्रगुरु याेगी नरहरिनाथको वाणी अनुरूप आत्मा खलु विश्वमुलम् , अात्मा नै विश्व काे मुल हाे । हो त्यही हाम्रो अात्मा नै मुल थलो हो यसलाई जति अाचरणमा सक्यो त्यति नै विश्व ब्रम्हाण्डको भलो हुन्छ । गुरु गोरक्षनाथको अाशिर्वाद प्राप्त कास्किका राजा कुलमण्डलका कान्छा छोरा राजकुमार द्रब्य शाह नै राजा हुने मौका पाए भने त्यसतै पृथ्वीनारायण शाहद्वारा नेपाल एकीकरण गर्ने सौर्य प्राप्त भयो । त्यस्तै अर्का शिष्य असली चेला मध्ये एक योगी नरहरि नाथद्वारा यो राष्ट्रमा राष्ट्रियता, धर्म संस्कृति जगेर्ना हुने काम भयो । हो यहि मुल बिचार बुझ्न र अन्य अाफु झैँ उपस्थित जनाएका विद्यार्थीसँग बिचार विमर्श गर्न बृहत् अाध्यात्मिक परिषदका अध्यक्ष तथा गोरखनाथ धामको पिठाधिस श्रीषनाथ गुरू तथा महाराज ब्याग्र बेदनाथ महाराजको अातिथ्यमा शिव सेना नेपाल , राष्ट्रिय सरोकार मञ्च नेपाल, मिसन नेपालको विशेष सकृयता तथा सहयोगमा गुरु विश्व के.सि. पोखरेल तथा बाला माता, अजय शाह तथा अन्यको अहम भुमिकामा बृहत अाध्यात्मिक परिषदको पुस्तकालयमा युवराज पारसको जुन उपस्थिति भयो,  त्यसले नेपालको मौलिक ढंगले गति लिने नै छ भन्ने ठूलो अाशा गर्न सकिन्छ ।
ॐॐॐॐॐ ! अागे अागे गोरख जागे । जाग गोरख जाग ।।

प्रस्तुतीः सोमबिक्रम सिंह

तस्वीरहरुः राजकुमार थापा, शिशिर तिवारी, बिक्की तिमिल्सिना, अजय शाह, विनय गौतम
अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -