भारतीयहरूको फेरी ज्यादती

0
FILE- Sand is being transported to various locations from Oriya stream of Pidari Guthi of Parsa district. Photo: Ram Sarraf

क्राइमचेक प्रतिनिधि/
वीरगंज/झण्डै डेढ महिना अघि ओरिया नदिबाट गिट्टी वालुवा जबरजस्ती लैजान लागेका भारतीय नागरिक र स्थानीय नेपाली नागरिकबीच तनाव भई मारपिट र गोली हानाहान भएपछि गिट्टी बालुवा उठाएर लैजाने काम बन्द भएपनि केही हप्ताबाट दैनिक ५०० भन्दा बढी ट्रैक्टरबाट ओरिया नदिको गिट्टी बालुवा भारतीय नागरिकहरूले ओसारेर ज्यादती गरिरहेका छन् ।

नेपाली भूभागको ओरिया नदिमा भारतीय नागरिकहरूले दैनिक गिट्टी बालुवा ओसार्दा स्थानीय जनताले विरोध गरेपनि स्थानीय निकाय, स्थानीय प्रहरी प्रशासनले भारतीय नागरिकहरूको ज्यादतीलाई रोक्ने काममा कुनै चिन्ता, चासो र पहल लिएको छैन । आफ्नो भूभागको सुरक्षा गर्न नसक्ने नेपाल प्रहरी र सशस्त्र प्रहरीको कुनै औचित्य नरहेको भनि स्थानीय जनताले प्रश्न उठाएका छन् ।

ओरिया नदिबाट व्यापक रुपमा भारतीय जनताले गिट्टी बालुवा उठाएर लगेको कारण नदी कटानले आगामी वर्षातमा भयावह स्थिति उत्पन्न हुने देखिन्छ । प्रत्येक वर्ष नदिले कोर्स बदल्दा जगरनाथपुर गाउँपालिका वडा नं. १ नदि नजिक नेपाली सीमा पनि अतिक्रमण हुने गरेका छन् । नेपाली भूभागको गिट्टी बालुवा झिकेर लैजान दैनिक ५०० भन्दा बढी ट्रैक्टर भारतको बेतिया जिल्लाको गदियानी भंगाह, चमटोली भंगाह, बजार भंगाहबाट आउने गरेको छ ।

सशस्त्र प्रहरी पोष्ट सीमाना रक्षाको लागि खडा गरिएको छ तर सशस्त्र प्रहरी बल भारतीयले नेपालबाट बालुवा जबरजस्ती उठाएर लगेको हेरेर पनि चुपचाप छन्, कुनै एक्सन छैन । प्रहरी र प्रशासन मौन छ ।

२०७५ जेठ २४ गते विहीबार क्राइमचेक साप्ताहिकमा प्रकाशित

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्