प्रहरीले पेट्रोलियम पदार्थको तस्करी रोक्न चाहेन

0

क्राइमचेक प्रतिनिधि/
वीरगंज/माप्रदेश नं. २ को बारा, पर्सा र रौतहट जिल्लका सीमा क्षेत्रका पेट्रोल पम्पबाट इन्धन (डिजेल, पेट्रोल) भारततर्फ व्यापक तस्करी हुँदा पनि दुबै देशका सीमा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीले देखे पनि नदेखेझैं गरी पेट्रोलियम पदार्थको व्यापक तस्करीलाई नियन्त्रण गर्न कुनै चिन्ता र चासो नदेखाएकोले तस्करीमा प्रहरीको संरक्षण रहेको प्रष्ट हुन्छ ।

नेपाल आयल निगमले पनि सीमाका पेट्रोल पम्पहरूलाई साविकमा दिंदै आएको कोटा तेल कटौती गर्नुपर्नेमा माग बमोजिम झन बढाएर तस्करी धन्दा गर्ने पेट्रोल पम्पहरूलाई प्रोत्साहन गरी आयल निगमलाई डुबाउन र देशमा तेलको हाहाकार मच्चाउन खोजेको जानकारी हुन आएको छ । सीमा क्षेत्रमा रहेका सबै पेट्रोल पम्प हिजोआज इन्धनको तस्करी धन्दाबाट नाजायज रकम कमाउन सक्रिय छन् ।

भारतमा भन्दा इन्धन नेपालमा सस्तो भएकोले यस्तो तस्करी धन्दाको अवसर देखा परेको हो । अहिले नेपालमा भारतभन्दा पेट्रोल २२ रुपैयाँ र डिजेल २८ रुपैयाँ सस्तो छ । मूल्यमा धेरै अन्तर रहेको र भारत सरकारले आफ्नो सीमा क्षेत्रमा निकै कम इन्धन उपलब्ध गराउँदै आएकोले तस्करी धन्दा फस्टाउने मौका पाएको हो ।

तस्करी धन्दाबाट भारतीय सीमा प्रहरी, नेपाली सीमामा खटिएका सशस्त्र प्रहरी प्रहरी, नेपाल आयल निगमका कर्मचारी र पेट्रोल पम्पले नाजायज रकम कमाई देशप्रति घात गर्दै आइरहेका छन् । प्रहरीले चाहेको भए एक थोपा इन्धन भारतमा भित्रन पाउँदैन र सक्दैन ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्