२०८२ मंसिर २६ गते, शुक्रबार २१:१३

गौरिकाले जितिन् सबैमा स्वर्ण

ओलम्पियन पौडीवाज गौरिका सिंहले २२ औं खुला राष्ट्रिय पौडी च्याम्पियनसिपमा ८ स्वर्ण पदक जितेकी छन् ।

राजधानीमा आयोजित प्रतियोगितामा गौरिकाले भाग लिएको सबै इभेन्टमा स्वर्ण जितेकी हुन् । उनले महिला २०० मिटर फ्रिस्टायल, १०० मिटर बटरफ्लाई, १०० मिटर ब्याकस्ट्रोक, ५० मिटर फ्रिस्टायल, २०० मिटर व्यक्तिगत मिड्ले, १०० मिटर फ्रिस्टायल, ५० मिटर बटरफ्लाई र ५० मिटर ब्याकस्ट्रोकमा सहभागिता जनाएकी थिइन्् । १२ औं दक्षिण एसियाली खेलकुदकी कीर्तिमानी खेलाडी गौरिकाले १०० मिटर फ्रिस्टायल दूरी एक मिनेटभन्दा कम समयमा पूरा गरिन् । उनले ५९.९१ सेकेन्डमा पार गरिन् । यसमा टीसा शाक्यले रजत र इज्जी मर्फीले कांस्य पदक जितेका थिए ।

आर्मीबाट खेलेकी उनले २०० मिटर फ्रिस्टायल २ मिनेट ०९.१९ सेकेन्डमा जितिन् । लिंकनकी टीसा शाक्य दोस्रो र इज्जी मर्फी तेस्रो भए । १०० मिटर बटरफ्लाइको स्वर्ण गौरिकाले १ मिनेट ८.६३ सेकेन्डसाथ जितिन् । आर्मीकी डुवाना लामाले रजत र इज्जी मर्फीले कांस्य जिते । गौरिका १०० मिटर ब्याकस्ट्रोकमा १ मिनेट ९.३० सेकेन्डसाथ पहिलो भइन् । गौरिकाले ५० मिटर फ्रिस्टायल २७.९५ सेकेन्डमा पूरा गरिन् । टीसा रजत र मर्फी कांस्य जित्न सफल भए । २०० मिटर व्यक्तिगत मिड्लेको स्वर्ण २ मिनेट ३२:५१ सेकेन्डबाट जितेकी गौरिका ५० मिटर बटरफ्लाईमा २९.६२ सेकेन्डबाट विजेता भइन् । ५० मिटर ब्याकस्ट्रोक गौरिकाले ३१.३१ सेकेन्डबाट जितिन् । आर्मीकी डुवाना लामाले अन्य दुई विधाको स्वर्ण जितिन् ।

ओलम्पियन आर्मीका शिरीष गुरुङले २०० मिटर व्यक्तिगत मिडलेमा स्वर्ण जिते । उनले ५०, १०० र २०० मिटर फ्रिस्टायलमा पनि स्वर्ण जितेका छन् । शिरीषले मिडले २ मिनेट २६.१७ सेकेन्ड, ५० मिटर फ्रिस्टायल २५.९५ सेकेन्ड, १०० मिटर फ्रिस्टायल ५७.०३ सेकेन्ड र २०० मिटर फिस्टायल २ मिनेट १४.६८ सेकेन्डबाट स्वर्ण जितेका थिए । युलेन्सका अनुभव सुब्बाले १०० मिटर र ५० मिटर बटरफ्लाईको स्वर्ण जिते । उनले १०० मिटर १ मिनेट १.७६ सेकेन्ड र ५० मिटर २७.९७ सेकेन्डमा पूरा गरे । जेम्स स्कुलका शुभम श्रेष्ठले १०० मिटर ब्रेस्टस्ट्रोकमा १ मिनेट ८.९४ सेकेन्डबाट स्वर्ण जिते ।

सोही इभेन्टको ५० मिटरमा पनि शुभमले स्वर्ण जित्दा ३२.०१ सेकेन्ड लगाए । ५० मिटर ब्याकस्ट्रोकमा लिंकनका जराह बड र प्रशान्तराज जोशीले १०० मिटर ब्याकस्ट्रोकमा १ मिनेट ११.५३ सेकेन्डसाथ स्वर्ण जितेका थिए ।

चार खेलाडी छनोट

इन्डोनेसियाको जाकार्तामा हुने १८ औं एसियाली खेलकुदका लागि यसै प्रतियोगिताका आधारमा पौडीका चार खेलाडी छनोट भएका छन् । सर्वाधिक फिना अंक ल्याउने पुरुषमा शुभम श्रेष्ठ र शिरीष गुरुङ तथा महिलामा गौरिका सिंह र टीसा शाक्य छनोट भए ।

गौरिकाले ६३० र टीसाले ५०७ फिना अंक तथा शुभमले ५२४ र ओलम्पियन शिरीषले ४८९ अंक पाएका थिए । वैकल्पिक खेलाडीमा अनुभव सुब्बा र डुवाना लामा छन् ।

गौरिकाले राष्ट्रिय च्याम्पियनसिपमा आएर खेल्न पाउँदा एकदमै खुसी लागेको बताइन् । उनले एसियाडका लागि आफूले कडा प्रशिक्षण गर्ने बताउँदै आगामी दक्षिण एसियाली खेलकुदमा राष्ट्रका लागि धेरैभन्दा धेरै पदक जित्ने सोच बनाइरहेको बताइन् । गौरिकाले १२ औं सागमा एक रजत र तीन कांस्य जितेकी थिइन् ।@इकान्तिपुर

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d slot gacor
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM