जुँगाको मासिक तलब अढाई सय !

0

दाङका एक व्यक्तिले जुँगा पाले बापत तलब खाने गरेका छन् ।

रुकुमको सिस्ने गाउँपालिका–६, रुकुमकोट घर भएका कालिबहादुर बुढाथोकीले जुँगा पालेर १२ वर्षदेखि मासिक तलब बुझ्दै आउनु भएको छ । उहाँ अहिले घोराही उपमहानगरपालिकामा बस्नुहुन्छ ।

घोराहीमा रहेको वेस्टर्न डेललभमेन्ट बैंकमा सुरक्षा गार्डका रुपमा कार्यरत बुढाथोकीलाई जुद्ध एण्ड पूर्ण निर्माण सेवाका सञ्चालक पूर्ण भण्डारीले मासिक दुई सय ५० रुपैयाँ तलब दिँदै आउनु भएको छ ।

‘म पेशाले निर्माण व्यवसायी हुँ,कामको सिलसिलमा बैङकमा आइरहँदा कालीबहादुरले पालेको जुंगा देख्दा मलाई रमाइलो लाग्थ्यो’, भण्डारीले भन्नुभयो, ‘नागबेली आकारको उनको काला जुँगा  देखेपछि मैले खुशीले उहाँलाई पोत्साहन स्वरुप पैसा दिने निर्णय गरेको हुँ ।

२०६२ सालदेखि आफूले नियमित रुपमा जुँगा पालेबाफत रकम प्राप्त गर्दै आएको बुढाथोकीले बताउनुभयो  । ५० रुपैयाँबाट मलाई पैसा दिन सुरु गर्नुभएको हो’, उहाँले भन्नुभयो, ‘अहिले दुई सय ५० रुपैयाँ मासिक तलब उपलब्ध गराउँदै आउनुभएको छ ।’

बुढाथोकी रिटायर नेपाली सेना हुनुहुन्छ । उहाँले नेपाली सेनाको दुर्गा भञ्जन गुल्ममा कार्यरत रहँदा २०५७ सालतिर पनि मासिक एक सय रुपैयाँ जुँगाको तबल खाने गर्नु भएको थियो  ।

अहिले बैङको सुरक्षा गार्डका रुपमा रहेका बुढाथोकीलाई निर्माण व्यवसायी भण्डारीले आफू बाँच्दासम्म हरेक वर्ष थोरै भए पनि वृद्धि गर्दै जुँगाको लागि पैसा दिइरहने बताउनभयो ।

भण्डारीले बुधबार बुढाथोकीलाई बैङ्कमा भेटर ५ हजार रुपैयाँ प्रदान गर्नु भएको थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्