पूरी पीठ परिषदको तीन वटा नेपाल संगठनको जिम्मेवारी मिश्र र पटेलद्वयलाई

0

वीरगंज, १६ जेष्ठ ।

जगतगुरु शंकराचार्य पूज्यपाद स्वामी निश्चिलानन्द सरस्वती महाराजको पूरी पीठ परिषदद्वारा संचालित रामराज परिषद नेपाल, आनंदवाहिनी नेपाल एवम आदित्य वाहिनीको संयोजन पदको जिम्मेवारी विभिन्न व्यक्तित्वहरुलाई प्रदान गरिएको छ ।

वीरगंजस्थित माइस्थान मन्दिरमा एक कार्यक्रमकाबीच रामराज परिषद नेपालको पर्सा जिल्ला संयोजक पदको जिम्मेवारी पल्टन पटेललाई प्रदान गरिएको छ भने रम्भा मिश्रलाई आनन्द वाहिनी प्रदेश नम्बर-२ को संयोजक पदको जिम्मेवारी दिइयो, त्यसैगरी आदिय्य वाहिनी नेपालको पर्सा जिल्ला संयोजक पदको जिम्मेवारी अनिल पटेलले पाएका छन ।

प्रमुख अतिथि नेपाल सर्वेक्षक डाक्टर अनिल झा र विशिष्ट अतिथि अदित्यवाहिनी नेपालका संयोजक ज्योतिष सम्राट पंडित पुरुषोत्तम दुबेको विशेष उपस्थितिमा सो जिम्मेवारी प्रदान गरिएको हो ।

रामराज परिषद नेपालका राष्ट्रिय संयोजक धर्मेन्द्र पटेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा रामराज परिषद नेपालका केन्द्रीय सल्लाहकार अधिवक्ता विनोद प्रसाद कुर्मी, केन्द्रीय प्रवक्ता राज नारायण मिश्र, आनंदवाहिनी नेपाल प्रदेश नम्बर २का कोषाध्यक्ष उषा श्रीवास्तव, बृजनंदन पटेल, पंडित घनश्याम सापकोटा, पंडित संजय चतुर्वेदी, अधिवक्ता विजय उपाध्याय लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा पंडित ज्योतिषहरुद्वारा स्वस्ति बाचन ग़री उपस्थित व्यक्तितवहरुलाई टिका लगाएर कार्यक्रमको शुभारम्भ गरेका थिए ।

उल्लेखित संस्थाले नेपालमा वैदिक सनातन धर्मसंस्कृति रीति रिवाज र परम्पराको संरक्षण, संवर्द्धन र उत्थानका कार्यक्रमहरू गर्ने छन ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्