राती दुई बजे केपी ओलीलाई राजन कार्कीले प्रवासबाट के लेखि पठाए ? पूरा पढ्नुहोस्

0
2073

मिति १५/०२/२०७५
तदनुसार २९/०५/२०१८

श्रीमान् माननीय प्रधानमन्त्री ज्यु

विषय:- गुनासो तिर ध्यानाकर्षण गरिदिने बारे

महोदय,

उपरोक्त सम्बन्धमा तत्कालीन माननीय प्रधानमन्त्री ज्यू लाई जनताको चासो,गुनासो र देशले मुटु निसासिएर सकी नसकी कसरी सास लिँदै, छोड्दै छ भन्ने तर्फ थोरै ध्यानाकर्षण गरिदिनु हुन म एउटा आम नागरिक, दर्दनाक पिडा सहेर, आफ्ना कयौं सपना तुहाएर मलाई धर्तीसम्मको बाटो तय गरिदिने एउटी नेपाली नारीको एक सपुतको हार्दिक अनुरोध छ ,,

माननीय प्रधानमन्त्री ज्यू एउटा सिङ्गो देशको स्टेरिङ समाएर जनतालाई कसरी,कुन मार्गमा लैजाने भन्ने कुराको हेक्का भएको तपाईं जस्तो मान्छेलाई मैले यी सब कुराहरु भनिरहनु सायद पर्दैन तर पनि मनमा उब्जिएको लाखौं प्रश्नहरु यहाँ अटाउने कोसिस गरेको छु । एउटा देशको प्रधानमन्त्री भएपछि जनताहरुको हक हितको लागि सोच्नुहुन्छ कि आफ्नो हितको लागी सोच्नुहुन्छ?तपाईले आम जनताहरुको दु:ख,पीडा र हित कहिले सोच्नु भएन जस्तो लाग्यो यदि हैन भने किन यसरी जनताहरु आफ्ना रहर मारेर बस्छन् ,आफ्नो खुट्टामा उभिन सक्ने युवाहरू किन प्रवास भौतारिन्छन् ?आफू प्रधानमन्त्री भएर कहाँ कहाँ कति बिकास गरेँ भन्ने कुराहरुको तालिका बनाएर राख्नु भयो?बिकास भएका ठाँउहरु अहिले कस्तो अवस्थामा छन् ?बिकास भएको जस्तो मात्र हो कि साँच्चै बिकास भएकै हो ?तपाईंले बनाएको विविध संरचना,लगायत बाटोघाटोले अहिले कुन रुप लियो तपाईले यता तिर ध्यान दिनु भएको छ?यी त भए स साना कुराहरु तपाईलाई लाग्ला म यस्ता कुरामा अल्झिएर बस्ने मान्छे हैन खैर यो पनि ठिकै छ ।

पुरानो भन्दा पनि ताजा ताजा कुराहरुको उठान गर्दैछु आज प्राकृतिले अन्याय गरेकै बेलामा भारत सरकारले ठुलो नाकाबन्दी लगायो ,घरीघरी सिमाना मिचेर,देशको रक्षकहरुलाई हमला गरेझैं गरेर नेपालको कयौं जग्गा हडपीरहेको छ भारत सरकारले।
बाल बच्चाहरुको भबिस्य सुनौलो बनाउने एउटा भरपर्दो स्कुल पाठशालामा मेरो देश भारत हो,राजधानी नयाँ दिल्ली हो,प्रधानमन्त्री नरेन्द्र मोदी हुन् लगायत धेरै कुराहरू यसरी सिकाइन्छ त्यो पनि हाम्रै हाताभित्र ,यी आदि इत्यादि कुराहरूमा प्रधानमन्त्री ज्यू लाई किन आपत्ति नलागेको?खुलेयाम यसरी देशको बदनाम गर्ने हरुलाई खै हत्कडी लगाएर कठघरामा उभ्याएको?तपाईंले बनाएको नियमको उल्लंघन गरिरहँदा तपाई थाहा नपाए जस्तो गरेर बस्नु भएको कि कार्वाही गर्न तर्सीनु भएको?,हामी जस्ता सोझा साझा नागरिकले के अडकल गरौं ?

भारतीय प्रधानमन्त्री नेपाल भ्रमण आउदै पिच्छे केहि न केहि उपाहार दिएर पठाउनु हुन्छ सायद नाकाबन्दी मा लगाएको गुणको पैँचो तिर्नु भएको होला ,त्यसरी कहिले कहाँको साँचो कहिले कहाँको साँचो दिनु भन्दा एकैपटक नेपाल सुप्पिदिए लन्ठै साफ हुन्न र मन्त्री ज्यु ,हिजो नाकाबन्दी लगाएर हामीलाई चेपेको नरेन्द्र मोदी आज शिर ठाडो बनाएर यो देशको राजा जस्तै बनेर अलिकति नझुकी नेपाल प्रवेश गर्दा नागरिकले के सोच्ने ?यो सब आफ्नै आँखा अगाडि भैरहदा लाग्छ कि मन्त्री ज्यु ले पनि नेपाललाई भारत तिरै गाभ्न खोज्दै हुनुहुन्छ करोडौं करोडको हेलिकप्टर चढेर घुम्नु भन्दा साधारण बसमा सर्वसाधारण जनता झैं यात्रा गर्नुस् पहाडी खोचमा पैदल यात्रा गरेर त्यहाँको अवस्था आकलन गर्न जानुस् ,एउटा देशको भ्रमण रोक्का गरेर जनताहरुको गुनासो सुनिदिनुस ,गुनासोहरुको कति चाङ लाग्छन् हेरिदिनुस,हाम्रो वीर सपुतहरुले विभिन्न देशहरुलाइ आजादी गर्न सहयोग गरेको देश हामी भन्दा कयौं गुणा अगाडि फट्को मारिरहेको छ हामी वीर भनौंदा हरु कहाँ छौँ ,कहिले हिसाबकिताब गर्नु भएको छ मन्त्री ज्यु ले?हुन त यस्ता स साना हिसाबकिताब कहाँ राख्नु होला र, सधैं पैसाको हिसाबकिताब गरेर नाफाको भागबन्डा गर्ने हाम्रो मन्त्री ज्यु लाई यता के ध्यान जाला ?मेरो देशको राजगद्दी लाई मन्दीरको घन्टी जस्तो हुन नदिनु होला मन्त्री ज्यु ,सक्नु हुन्छ भने कसैलाई काखा पाखा नगरी एकै नजरले हेर्नुस् र जनताको समस्याहरुको चाङ कम गरिदिने गर्नुस् , सक्नु हुन्न भने कुर्सी छाडीदिनुस अर्को आउँछ समाउछ,,सहि सलामत गाडी गुडाउन नसके स्टेरिङ पनि छाडिदिनुस ,,

कछुवा भन्दा ढिलो हिड्दै छ मेरो देश ,बिकासका योजना हरु मात्र बन्छन् बिकास हुँदैनन् अझै कहिले सम्म हामी जस्ता सोझा साझा बनेर पालमा रात बिताई नागरिकहरुले सास्ती झेल्नु पर्ने मन्त्री ज्यु ?कहिले सम्म छिमेकीको हेपाहा प्रवृत्ति लाई झेल्नुपर्ने ? दाँइ गर्दा मियो बलियो भएन भने दाँइ हैन रजाइँ हुन्छ रजाइँ । यस्ता सबै पक्षहरुमा ध्यानाकर्षण रहोस् मन्त्री ज्यु को
मोबाइलको कि बोर्डमा आक्रोशमा ती बुढी औंलाहरु धेरै नै सलबलाए होलान् ,यी औंलाले सिमाना पार गरेको रहेछन् भने बुझिदिनुहुनेछ भन्दै यी औंलाहरु चलाउन यहीँबाट स्थगित गर्दछु ।

प्रबासको खोँच बाट
राजन कार्की
मोरङ हरैचा
अहिले प्रवास
समय रातको दुई बजे

सामाजिक संजालबाट

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्