Sunday, May 5, 2024
घरसमाचारअपहरण शैलीमा नेपाली भूमिबाटै नेपाली नागरिकलाई उठाएर लैजाने भारतीय प्रहरी समातिए

अपहरण शैलीमा नेपाली भूमिबाटै नेपाली नागरिकलाई उठाएर लैजाने भारतीय प्रहरी समातिए

रौतहट, जेठ १२ – सादा पोशाकमा आएका चार जना भारतीय प्रहरीले दुई जना नेपाली नागरिकलाई गाडीमा हालेर गौरबाट भारततर्फ लैजाँदै गर्दा गौर भन्सार
कार्यालय अगाडिबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका छन् ।

सीमावर्ती भारत वैरगनिया थानाका प्रभारी सुजितकुमारसहित चार जना सादा पोशाकमा मार्केटिङ गर्ने बहानामा गौर प्रवेश गरेका थिए ।  भन्सार कार्यालय छेउमै रहेको राजदेवी एफएम नजिकबाट दुई जना नेपाली र दुई जना भारतीय नागरिकलाई जीपमा हालेर लैजान खोज्दा हल्ला हुन थालेपछि भन्सारको ढाँटमाडिउटीमा तैनाथ सशस्त्र प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई जिम्मा लगाएका हुन् ।

नेपाली सुरक्षा अधिकारीसँग समन्वय नै नगरी नेपाली भूमिबाट भारतीय प्रहरीले मानिसलाई उठाएर लैजान खोज्दा चार जना भारतीय प्रहरीसँगै ती व्यक्तिहरुलाई
आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा पठाइएको प्रहरी श्रोतबाट बुझिएको छ ।

बाराका महेश यादव र भारतीय नागरिक वहिद मन्सुरीबीचको लेनदेनको मुद्दामा भनरतीय प्रहरीले हस्तक्षेप गर्न खाजेको देखिएको रौतहट प्रहरी बताउँछ । कलैया नगपालिका –१७, छोटकी फुलबरीयाका महेश यादवको काठमाडौंको टोखामा रहेको गारमेन्टमा भारत सितामढी जिल्लाको पतटक्की निवासी वहिद मन्सुरी काम गर्ने गरेका थिए । त्यसै क्रममा यादवसँग वहिदले ४ लाख रुपैया लिएको तर अहिले सम्म नदिएकोमा पटकपटक ताकेता गर्दा पनि नदिएपछि शुक्रबार कलैयामा वहिदका छोरा सबबिर मन्सुरीसँग छलफल भएको थियो ।

तर  शुक्रबार साँझ साढे ५ बजे बीआर ३० पी ६७५८ नम्बरको जीपमा थाना प्रभारी सुजित कुमारसहित ४ जना सुरक्षाकर्मीहरु आएर नेपाली पक्षका यादवसहित
तहकिर आलम र भारतीय नागरिक साबिर र ममताज आलमलाई लिएर जान खोज्दा निकै हल्ला भएपछि उनीहरुलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी रामकुमार दानीले भारतीय सुरक्षाकर्मीहरुसँग सोधपुछ तथा अनुसन्धान भैरहेको जानकारी दिनुभयो ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -