चाकडी बजाउने प्रवृत्तिमा नेपाली सेना

0

नाती जर्साब र फास्ट ट्रयाक सेनामा बिद्रोहको जग

– सोमविक्रम सिंह
सैनिक सेवा नियामावली २०६९ को परिच्छेद ३ सरुवा तथा बढुवा सम्बन्धी व्यवस्था बमोजिम २०७४ चैत्र मसान्तमा ४७ जना महासेनानी तथा शुक्रबार प्रमुख सेनानीहरूको बढुवा तालिका निस्कियो । १५ दिन उजुरी गर्न पाउने प्रावधानका साथ निस्केको उक्त बढुवा तालिकामा नाम निस्केका नम्बर एक बाहेक नाम निस्किएकाका पनि खुशी देखिएको महशुस गर्न सकिएन । झन् डबल स्टाफ कलेज गरेका, एक नम्बरमा निस्किने आँकलन गरिएका र जहिले तक्माको सिफारिस पाएर पनि नपाएकाको हालत के भयो होला ? त्यता चार्लीको बथान र प्रचण्डको पछि पछि लागेर उनका ब्रिफकेस समाउँदैमा नै दुई दुई चोटी तक्मा पाएकाहरूको भाग्य टलक्क बलेको देखेर कर्मठ, अब्बल, साहसिक अधिकृतहरूको हालत देख्दा कठै भन्न बाहेक केही गर्न सकिने अबस्था देखिन्न ।

सैनिक नियामावली पनि दोग्ला किसिमको, जता राखे नि आफ्नै तर्क तेर्साउन किसिमको राखेपछि चित्त नबुझेकाले उजुरी दिएँ भनेर खालि चित्त बुझाउनको लागि मात्रै हुन आउँछ । त्यो बाहेक जति उजुरी दिए पनि सुनवाइ हुने ठाउँ देखिन्न । सैनिक नियमावली चिफको आफ्नो मान्छेलाई के गर्न सकिन्छ भन्ने अनुरूप चालिन्छ । २०७३ सालमा चिफको आफ्नो मान्छे थियो, बैकल्पिकमा नाम निकालेर लगत्तै फुलि लगाईदिए । २०७४ सालमा बैकल्पिक नाम निकालेर निरन्तरता दिएको टोपले, फुलि लगाईदिए केही फरक नपर्ने बोर्डका अन्य सदस्यले आग्रह नगर्दा सुन्या नसुन्या गरे र त्यसै थाँति राखे । फेरि अहिले बैकल्पिक तालिका निस्केन । यो प्रावधान पनि आवश्यकता भन्दा पनि आफ्नो मान्छे अटाउनको लागि मात्र प्रयोग हुन्छ भन्ने सहजै आँकलन गरिन्छ । यो बढुवा ढिला गरेको कारण धेरै लायक अधिकृतलाई घरको बाटो देखाई आफ्नो मान्छेलाई सहजै चिफको बाटो तय गर्नको लागि रचिएको ग्राण्ड डिजाइन हो भन्दै सैनिक श्रीमती क्लबको आक्रोश छ । सबभन्दा घातक कुरा त के भने जब फास्ट ट्रयाक लाथु भयो तब देखि सेनामा धेरै तिगड्मबाज भयो । नेपालको स्वच्छ छवि रहेको बाँकि एक मात्र नेपाली सेनामा बिदेशी शक्तिले जुन किसिमले खेल्न ठाऊँ पाएका थिएनन्, अब मज्जाले खेल्न पाउने भए । अबको घातक खेल यहि सेनामा बसेर बिदेशी शक्ति खेल्छन् भन्दा त्यती झुठो ठहरिंदैन । नेपालमा श्री ६ सरकारले कठपुतली र दलालको निर्देशनमा सेना भित्र आरक्षण छिराएर जिन देखि लडाकु जात भनेर चिनिनेहरूलाई बिस्तारै निमिट्यान्न पारिंदैछ र फास्ट ट्रयाकको दुरूपयोग गर्दै रगत देखि भाग्नेहरूलाई र छेरूवा भनेर चिनिनेहरूलाई अगाडि ल्याईंदैछ । अहिलेका नेपाली सेनामा बंशाणुगत लडाकु भएको जातलाई पछाडि धकलेर सेनामा सुधार हुन्छ र ? चिफले बाबू खत्री हुँदाहुँदै पनि गर्वका साथ त्यसै भुँडी देखाउँदै क्षेत्री त्यसै लेख्या होईनन् होला । अफ्गानिस्तानमा पास्तुनहरूलाई, पाकिस्तानमा पठान, तिब्बतमा खम्पाहरूलाई, भारतमा पंजावीहरूलाई, आदि जस्तै बिश्वमा गुरूङ, मगर, क्षेत्री, ठकुरी, राई तथा लिम्बूहरूलाई वीर गोर्खाली भनेर चिनिन्छ । सेना भनेको बुद्धि र बलमा साहसिक र विज्ञ हुन पर्दछ । सेनामा उत्तीर्ण हुन पहिले उसको शारीरिक ढाँचा हेरिन्छ, तब मात्र भित्री स्वस्थ्य र बुद्वि जाँचिन्छ । तर हाल सेनामा एक ढँग रूपले बुद्धि मात्रैलाई प्राथमिकता दिएर आफ्नो मान्छे छिराउन खोज्दा कथम कदाचित लडाई परे सबै शिसाकलम मात्रै चलाउन जालान, बन्दुक समाउने बिरलै भेटिएला ।

नेपालमा राणा शासनको जगजगी हुँदा राणा शासकका छोरा, नाति, भाई, भतिजा र आफन्तको राज थियो । कोहि नाती जर्साब, कोहि गर्भे जर्साब, ती मध्येबाट सेनाको चिफ हुने भाग्य गौरव शमशेरले पनि पाए । छातिमा गर्वका साथ प्यारा विङ झुण्डाएर हिंड्ने वहाँ प्यारा तालिमको दुई दिन नहुँदै तालिम गर्न नसकेर टाप पसेर घरको भर्याङ मुनि लुक्न गएका थिए । उहाँको बुवा बहालवाला जर्साब भएकै कारण उहाँलाई कान समातेर ल्याएर फेरि तालिममा आबद्ध गराएका थिए । उहाँकै पाला देखि नै पाण्डे जर्नेलको खुरापातिमा परेर फास्ट ट्रयाकको चरम दुरुपयोग भयो । त्यो नै प्रमुख कारण र शुरूवाती थियो जसले गर्दा आज क्षेत्री चिफबाट ३० बेसिकलाई ३६ बेसिकसँग घोलाएर नाति जर्नेल उत्पादन गर्ने दुस्साहस बढ्यो । तर उहाँले अब नेपाली सेनामा के चेन अफ कमाण्डलाई स्थायित्व र अनुशासित राख्न सक्लान् ? नाति जर्सावले भोलि के आधारमा आफु भन्दा मुनिका सिनियर अफिसरलाई आदेश दिन सक्लान् र सिनीयर दाई टोलीले छोटे भाईको आदेश मान्लान् ? नेपाली सेनामा अब राजिनामाको पहिरो जान सक्ने सम्भावना बढेर गएको छ । मन गढन्ते पेपर बनाएर चंगा उढाएर के नेपाली सेना व्यवसायिक बन्ला र ? त्यत्रो तालिममा पोख्त भएका, विभिन्न ठाउँमा कमाण्ड सम्हालेका र युद्वमा पोख्त भएकाहरूलाई घरको राजिनामा गर्न बाध्य बनाएर, प्रश्न गहन छ, चुनौती असाध्य छ र सेनाको भविष्य बिकराल छ ।

नेपाली सेनाको ईतिहास हेर्ने हो भने यसको जग पृथ्वीनारायण शाहको, त्यस समयका वीर काजीहरू र वीर सिपाहीहरूको वीरता र रगत र पसिनाले बसाएको छ । पृथ्वीनारायण शाहले र सबै शाह बंशीय राजाहरूले सेनामा कुनै बिवाद आउन दिएनन् । आफुले चाहँदा चाहँदै पनि जनताले चाहेकोलाई कजाईँ दिए । पहिले नेपाल प्रहरी पनि दरबारले हेर्ने चलन थियो । त्यस समय दरबारको नातेदार रत्न शमसेरलाई प्रहरी प्रमुख नदिई परिपक्व, ईमानदार र तालिमले योग्य ब्यक्ति हेम बहादुर सिंहलाई दिए । केही दिन रत्न शमशेर रिसले चुर भई कार्यलय जान छोडेका थिए, अन्तत हेम बहादुर सिंहले सम्झाई बुझाई हाजिरी गराएका थिए । तर अहिले जमाना श्री ६ सरकार र जनताको प्रतिनिधिको भएर हो क्यार, प्रचण्ड र नेताहरूको क्यार क्यारमा कसैको दाल गल्दैन । उनको सेवा गरे र जुत्ता समाईदिए बापत कैंयौ भाग्यमानी अधिकृतले बढुवा पाउने, तक्मा पाउने, बिदेश भ्रमण पाउने र राम्रा तर बटरिङ नगर्ने तर उत्कृष्टलाई उछिन्ने मौका घाँमडहरूले पाएका छन् । स्मरण छ, माओवादी द्वन्द्वकालमा भ्याली कमाण्ड हेर्ने एक असाध्यै प्रभावशाली विष्ट मेजर साहेब दिनरात ज्यानको बाजी लगाएर खटिए । उनको स्टाफ कलेज दिने मौका नै दिईएन र उनलाई स्टाफ कलेजको आश्वासन दिईएको थियो । अन्तत: उनको स्टाफ कलेज पास गर्ने समय लडाइँमा नै सिद्वियो र राजिनामा दिई होनहार अफिसर बिदेशिन बाध्य भए । तर यहाँ चिल्लो घस्ने, बटर लाउने, माओवादीका सुराकी फुदुङ जस्ता, द्वन्द्वमा जिल्लै ध्वस्त बनाएकाको बोलवाला छ । भनिन्छ, अहिलेको चिफ बियरिङ बिग्रिनु र भुँडी फैलिनु पनि असाध्यै चिल्लो घस्न र बटर दल्न पर्छ भनी सेनामा विशेष चर्चा हुन्छ । सेना बिग्रिनु भ्रष्टाचार अर्को प्रमुख बिषय भएको छ ।

नेपाली सेना प्राईभेट कम्पनी भयो र सेना प्रमुख व्यापारीक सिईओ झैँ भयो भन्ने खासखास खुसखुस सेना भित्र चलेको छ । ज्वाईँ साहेवले व्यापारिक सेटिङ मिलाउनु हुन्छ, साँठगाँठ उहाँसँगै मिलाउन पर्ने हुन्छ रे । हुन त द्वन्द्वकालमा धेरै सुरो अधिकृत र सिपाहि अकालमा मरे र सहिद बनाईए भने सेनापतिको हतियार र अन्य कमिसनबाट खुदो पल्टियो । छोरीलाई भारतबाट ज्वाईं खोजेर अन्माउँदा मात्र जहाज भरि दाइजो दिएर पठाईएको थियो र बिवाहमा काठमाडौंको तारे होटल सबै बुक गरिएको थियो । एउटा सेनापतिलाई भाटभटेनीको ब्यापारिक पार्टनर बन्ने सौभाग्य प्राप्त भयो भने अर्को सेनापतिले पड्कदैं नपड्कने ईन्सास राईफलको करिब १५०० गोटा सेनालाई भार बनाएर आफ्नो ससुराली खुशी बनाए । द्वन्द्वकालमा अचाक्ली धोखा दिएर कैयौं सेनाले ज्यान गुमाउन परेको हुनाले त्यस समय लडेका र दु:ख भोगेका सैन्य अधिकृतको नामन्जुर बावजुत पनि भारतका ज्वाईंले आफ्नो ससुराली खुसि बनाउन र कमिसनको लोभमा कवाडी बन्दुक किनेर सेनालाई नाजुक हालतमा राखे । विभिन्न कारणले होला आर्मीको बार्षिक उत्सव, बडा भोज, र अन्य ठूलो कार्यक्रम र उत्सवमा रिटायर्ड सेनापति र दुख दिने घाँमड जर्नेलहरूको कुनै पनि सम्मान देखिदैन । उनीहरू सकेसम्म उपस्थित नै देखिन्न, देखि हाले पनि भाग्नको हतार देखिन्छन्, कोहि तल्लो दर्जाको अधिकृतको हप्कि खाएर नुन खाएको कुखुरा झैँ ओईलाएर बसिरहेको देखिन्छन् । एउटै चिफ ठाडो शिर लाएर उभिएर बसेका हुन्थे भने पहिला पहिलाका चिफ कि सचित शमशेर जबरा । सचित शमशेर तिनै चिफ थिए, जसले आफ्नो परमाधिपति राजा वीरेन्द्र र राष्ट्रको रक्षार्थ सब जर्नेललाई लिएर यो देशको कपुत गिरिजालाई थर्काउन बालुवाटार गएका थिए । अरू त कि द्रव्यका पछि, कि फरियाको पछि, कि नेताको गुलामी गर्न पछि लागेकै भेटिए ।

अन्तमा, नेपाली सेना बिग्रिनु भनेको देश बिखण्डन तिर धकेलिनु हो । विदेशी शक्तिले नेपालको सम्पूर्ण संस्था, धर्म–संस्कृति, मौलिक पहिचान, राजसंस्था, राजनीति, न्यायलय, व्यवस्थापिका, सरकार सबै ध्वस्त बनाईसके । जातिय बिज छरेर, सामाजिक परिवेश बिगारेर, नेपाली बिच फाटो ल्याएर नेपाल ध्वस्त बनाइसके । एउटै संस्था बाँकी रहेको थियो, नेपाली सेना त्यो पनि माओवादी द्वन्द्वकाल देखि विस्तारै थाहै नदिई ध्वस्त बनाउँदै लगियो । त्रिशूल तथा डमरू प्रतिक भएको बिल्ला भिर्ने र ईसान पुजा गर्ने नेपाली सेनालाई धार्मिक कित्ताबाट चलाउन भन्दा भ्रष्टाचारमा जगडि दिए । विस्तारै लोभीपापी र राष्ट्रियता नभएको अधिकृत समातेर फास्ट ट्रयाकलाई गलत ढंगले चलाई दिएर लडाकु र बुद्वि भएको जातलाई पन्छाएर बिदेशी शक्तिको दलाल नेताको झोलेहरूलाई नेपाली सेनामा हावी बनाउँदै लगियो । राम्रो, कर्मठ, सुरो, लडाकु विशेष तालिम प्राप्त, कमाण्डमा पोख्तहरूलाई फाल्दै राजिनामा दिन बाध्य बनाउँदै जाने हो भने सेनामा चेन अफ कमाण्ड भत्किन सक्छ । सिनीयर दाई टोली जुनियर भाइ टोलीको आदेशमा बस्न बाध्य नभई त्यसको बिरूद्व उत्रिए भने सेनामा भयावह स्थिती नआउला भन्न सकिन्न, त्यसको नतिजा देशको लागि भयानक हुन जान्छ । देशले त्यसपछि हुने द्वन्द्व थेग्न सक्दैन । देश बचाउने हो भने सेना बचाउन अति नै आवश्यक छ । सेनामा हुने भ्रष्टाचारलाई अब आँखा चिम्लिएर बस्न सकिन्न । सम्पूर्ण सेना अख्तियार अन्तर्गत लिएर आउनै पर्छ । त्यसको लागि अख्तियार नै सच्चिएर आउन पर्ने हुन्छ । सम्पूर्ण सेनाध्यक्षको नजिकका नातागोता मालदार ठाउँमा लाने र फास्ट ट्रयाकद्वारा आफ्नो मान्छे घोलाएर ल्याएको बहानामा दहिलाई मखनि पारे झैँ सर्लक्क घिउ झिक्या झैँ ल्याउने प्रबृत्ति रोक्न अत्यावश्यक छ । शिसाकलम मात्रै होइन सेनामा हतियार पनि चलाउने र व्यवस्थापन गर्ने ब्यक्ति नै सेनापति हुन योग्य ठहरिन्छ । नेपाली सेना चाकरी बजाउने होईन राष्ट्रको धर्म, मौलिक पहिचान र सिमा रक्षा गर्ने र आफ्नो देशको सहि परामाधिपतिको चेन अफ कमाण्डमा बस्ने हो । सलाम गोर्खाबाट प्रादुर्भाव भएको नेपाली सेनालाई !

२०७५ वैशाख १३ गते विहीबार क्राइम चेक साप्ताहिकमा प्रकाशित

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्