– सन्तोष मिश्र
आधुनिक युगमा राजनीतिलाई कला र विज्ञान दुबै मानिन्छ, राजनीतिलाई आदर्शवाद र नैतिकतावादी परिधि बाहिर ल्याउने प्रयास गरेको पाइन्छ । राजनीतिका सैद्धान्तिक र व्यवहारिक पक्ष छन् । राजनीति शब्दको प्रयोग राज्यको कृयात्मक रुपमा गरिन्छ । व्यवहारिक राजनीति नै आज वास्तविक राजनीति मानिन्छ । निर्वाचन, राजनैतिक दलको व्यवहार, सरकारी लक्ष्य प्राप्त गर्ने तरिका इत्यादीलाई आजकल राजनीति भनिन्छ । यस प्रकार राजनीतको अर्थ दलबन्दी, शासन चलाउने दाउपेच, चुनाव जित्ने तरिका इत्यादी भइसकेको छ । राजनीतिको सम्बनध राज्यको बाह्य आचरणसँग छ । राजनीति शब्दको प्रयोग दिन प्रतिदिन संकुचित अर्थमा हुन लागेको पाइन्छ । राजनीतिको सम्बनध राज्यको बाह्य आचरणसँग छ । आफ्नो स्वार्थ सिद्धको लागि जुन साधन अपनाइन्छ त्यही नै राजनीति बन्न पुगेको छ । राजनीतिको प्रयोग गुट, फुट र लूट, धोखेबाजी, बेइमानी, झुठ, फरेव, भय, भ्रम, खोक्रो आश्वासन, भ्रष्टाचार, भागबण्डा, सत्तालिप्साको अर्थमा हुन लागेको छ । राजनीति आम जनताबाट टाढिने क्रममा छ । प्रत्येक उत्तरदायि व्यक्तिलाई राजनीतिसँग सम्बन्ध राख्नै पर्दछ, यसको सहाराबाट नै विभिन्न समस्याहरू समाधान गर्न सकिन्छ, भनिन्छ । वास्तविक अर्थमा राजनीतिक एक मानीय प्रकृया हो । अहिले राजनीति एउटा पेशा र समस्या बनेको छ । राजनीतिमा लागेका व्यक्तिहरूको प्रवृत्ति देश र जनताको सेवक भन्दा मालिक बन्ने किसिमको छ । आधुनिक युगमा राजनीति घृणाको प्रतिक बनिसकेको छ । जसले गर्दा अशान्ति, अराजकता, हिंसा, भिडन्त, अस्थिरता र आतंक देखा परेको छ ।
राजनीतिको स्वरुप व्यापक छ । यसको उपयोगिता पनि छ तर राजनीतिमा संलग्न खराब प्रवृत्तिका व्यक्ति, गलत चिन्तन, गलत सम्झौता, गलत नीति र दृष्टिकोणले गर्दा व्यवहारिक जटिलता देदा परेको छ । मानवीय समस्याहरू समाधान गर्ने दृष्टिकोणबाट राजनीति कृयाहरू बुझ्नको लागि, राज्य र सरकारको एक कलाका रुपमा तथा अन्तर्राट्रिय समस्याहरूको समाधान गर्ने रुपमा यसको अध्ययन विशेष उपयोगी प्रतीत हुन्छ । प्रयोगकालागि भनेर संसदीइ व्यवस्थाको नेतृत्व गर्ने व्यक्तिहरूको अयोग्यता, असंयमता, अधैर्यता, अकुशलता, गलत मानसिकता, प्रवृत्ति र व्यवहारले राजनीतिलाई प्रदूषित बनाएको हो । राजनीति आफैंमा खराब होइन, राजनीति साधन हो साध्य भने होइन । राजनीतिका निर्णायक शक्ति, परिवर्तनका संवाहक शक्ति जनता हुन् । राजनीतिका लागि देश र जनता साध्य हुन् । राजनीतिको विधि, पद्धति, प्रकृया, अनुशासन, मूल्य, मान्यता संस्कार र संस्कृति हुन्छ । राजनीति शास्त्रको आरम्भ र अन्त्य राज्यको साथ हुन्छ । राजनीति एक निरन्तर, परिवर्तनशील र सर्वव्यापी प्रकृया हो । जसको मूर्तरुप हुन्छ । कुनै पनि परिस्थितिमा सामना र माधान गर्ने निर्णय यसको प्रादूर्भाव विशेष किसिमको परिस्थितिबाट हुन्छ । राजनीतिक कार्य भनेको त्यस्तो कार्य हो जस अनुसार एउटै नागरिक संगठनको सदस्यको रुपमा परस्पर सम्बन्ध भएका मानिसहरू त्यस संगठनको व्याख्या र अवस्थाबारे तिनको वाञ्छनीयताको दृष्टिकोणबाट सोच्दछन् र बोल्दछन् । त्यस प्रकारका व्यवस्था र अवस्थामा परिवर्तनकालागि सुझाव दिन्छन् ।
अन्तर्राष्ट्रिय क्षेत्रमा साम्राज्यवादको मात्र शक्ति रहेन र यसको विरोधमा शक्तिको उदय भयो । साम्राज्यवादी र साम्यवादीको बीचमा चलेको राजनैतिक प्रतियोगिताको अध्ययन गरिन थालिएको छ । राजनीति शास्त्र एक अनुपमवादी विज्ञान हो र यसको मूख्य उद्देश्यक शक्तिको निर्धारण एवं शक्तिमा सहभागिता भन्ने छ । राष्ट्र निर्माणमा केन्द्रित राजनीति र सत्ता निर्माणमा केन्द्रित राजनीतिको कति फाइदा, बेफाइदा छ छर्ल· छ । राजनीति र अर्थनीति एउटा सिक्काको दुई पाटा हुन् । अर्थनीतिका कारण राजनीति असफल हुन्छ । राज्यको नीतिले उत्पादन र वितरणमा ठूलो प्रभाव पार्दछ । राजनीति शास्त्र र अर्थशास्त्र दुबैको सम्बनध मनुष्यसँगै हुन्छ । मानव कल्याण गर्नु नै दुबै शास्त्रको उद्देश्य हो । माक्र्सले बताएका छन् कि मानव समाजको सम्पूर्ण राजनैतिक ढाँचा आर्थिक प्रतिबिम्ब मात्र हो । अर्थशास्त्र बिना राजनीति शास्त्र अवास्तविक एवं सारहीन ढाँचा मात्र हो । आर्थिक असन्तोषले शासनसत्ता, व्यवस्थालाई टिक्न दिंदैन । आर्थिक विषमताले संसारमै उत्कृष्ट भनिएको संसदीय व्यवस्थालाई पनि निकृष्ट बनाउन सक्दछ । संसदीय प्रजातान्त्रिक व्यवस्था भित्रबाट पनि निरंकुशता र तानाशाही उत्पन्न हुन सक्दछ । अर्थनीति वस्तुहरूसँग सम्बन्धित छ । भने राजनीति मानिसहरूसँग सम्बन्धित छ । व्यक्ति र समाजको गतिविधिलाई मनुष्यको स्वतन्त्र इच्छाले मात्र होइन, भौगोलिक वातावरण, खासगरी जलवायु, खानपीन, माटो र प्रकृतिको सामान्य पक्षले निर्धारण गर्दछन् । भौगोलिक वातावरणले गर्दा नै नेपालले समान दूरी नीतिलाई अवलम्बन गर्नु परेको हो । राजनीति शास्त्र र सामाजिक शास्त्रहरूमा अन्योन्याश्रित सम्बन्ध हुन्छ । मनुष्य एक राजनैतिक प्राणी हो । असल राजनीतिक संगठन भएको समाजमा नै ऊ एक सुखी र समृद्ध जीवन व्यतित गर्न सक्छ । असंगठित समाजमा अराजकताको स्थिति हुन्छ र मनुष्य जीवन संघर्षमय हुन्छ ।
नेपालको राजनीति अव्यवस्थाको चक्रव्यूहमा फसेको छ । नेपालको राजनीति अपरिपक्व र गन्तव्यहीन छ । राजनीति उद्देश्य र लक्ष्य उपलब्धीमूलक छैन । संघीय लोकतान्त्रिक गणतन्त्र रुपी संसदीय व्यवस्था र यस व्यवस्थाका हिमायतीहरुको प्रवृत्ति खराब देखिएकोले देशमा दीर्घकालीन असर पर्ने थुप्रै कार्य हुन गई नेपाल र नेपालीको भविष्य नै संकटमा पार्ने काम भएको छ । देशमा द्वन्द्व व्यवस्थापन होइन, द्वन्द्व झन झन बल्झिएको छ । संघीयताको कार्यान्वयन र क्रिश्चियन धर्म परिवर्तन अभियान नेपालको प्रमुख चुनौती हो । अबको राजनीति झन जटिल बन्दै गएको छ । पदमुखी, व्यक्तिमुखी, भ्रष्टाचारमुखी राजनीतिक व्यवस्थाले नेपाली जनतामा विद्यमान कुनै पनि समस्याको समाधान गर्न सक्ने राजनीति वातावरण देखिंदैन ।
संसदीय व्यवस्था घृणित राजनीत खेलमा परिणत भईसकेको छ । सिंह न पुच्छरको संसदीय व्यवस्थाले नेपाल र नेपालीको आवश्यकता र इच्छा संवोधन गर्न नसक्ने स्पष्ट संकेत गरिरहेको छ । त्यतिखेर नेपाली जनताले आफ्नो रक्षा र उन्नतिकालागि विद्रोह गर्नुपर्ने अवस्था आउने छ ।
२०७५ वैशाख ६ गते विहीबार क्राइम चेक साप्ताहिकमा प्रकाशित