Tuesday, November 26, 2024
घरक्राइम चेकबृहत्तरका अध्यक्ष शीतल साह चढ्ने चोरीको गाडी प्रहरीको नियन्त्रणमा

बृहत्तरका अध्यक्ष शीतल साह चढ्ने चोरीको गाडी प्रहरीको नियन्त्रणमा

वीरगंज/ बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साहले चढ्दै आएको चोरीको गाडी प्रहरीले ग्यारेजबाट नियन्त्रणमा लिएको छ ।

जनकपुरधाम वडा नम्बर ८ स्थित पिडारी चोकको डेनियल ग्यारेजमा राखिएको अवस्थामा सो गाडी प्रहरीले नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय मुजेलियाका प्रहरी सहायक निरीक्षक मेकजन लामाले बताए।

जिल्ला प्रहरी कार्यालयको टोली सहितले टाटा सुमो जीपलाई गत बुधबार लगेको थियो तर जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले उक्त विषयमा अनभिज्ञता प्रकट गरेका छन् । उनले गाडी जिल्ला र आफ्नो मातहतको कुनै पनि कार्यालयमा नल्याएको दाबी गरे । ‘चोरीको कुनै पनि चार पांग्रे गाडी जिल्लामा ल्याएको छैन, उनले भने, ‘ ल्याइएको भए मलाई नै थाहा हुन्थ्यो, प्रवक्ता मै छु ।’ जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक शेखर कुमार साहले भने उक्त गाडीको खोजी तीव्र रुपमा भइरहेको बताएका छन् । ‘गाडीको खोजी व्यापक रुपमा भइरहेको छ’ उनले भने, तर बिहीबारसम्म गाडी कतै फेला परेको छैन् ।

वडा प्रहरी कार्यालय मुजेलियाका प्रहरी सहायक निरीक्षकले आफ्नो उपस्थितिमा जिप्रकाले गाडी लगेको दाबी गर्ने तर जिप्रकाले गाडी नल्याइएको दाबी गर्दै गर्दा विभिन्न आशंका र प्रश्नहरू खड़ा भएका छन्।

अध्यक्ष साहले मारुती भ्यानको बा.११ च ६३९६ नम्बरलाई टाटा सुमोमा लगाएर प्रयोग गरिरहेका छन् । सो गाडीको इञ्जिन नम्बर ०२५३३५७८ र चेचिस नम्बर एम ए टी ४४६३६१९९ एन २८२५८ भिक्टा डी आई जी एक्स र २६०० केजी उल्लेख रहेको छ । सो गाडीको भारतीय नम्बर बी आर ओ ६ पी ए ११४२ रहेको स्रोतको दाबी छ । अध्यक्ष साहले भारतीय नम्बर हटाएर मारुती भ्यानको नम्बर लगाएर प्रेस लेखेर चढ्दै गरेका थिए । प्रहरीले नियन्त्रणमा लिएको सो गाडी भारतको मधुबनी जिल्लाको कमलाबरपट्टीबाट चोरी भएको रिर्पोट मधुबनी प्रहरीमा दर्ता रहेको छ । चोरीको टाटासुमोमा नेपाली मारुती भ्यानको नम्बर लगाएर अगाडिको सिसामा प्रेसको स्टिकर टाँसेर प्रयोग भएको पाइएको छ।

स्रोतका अनुसार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका मन्त्री सुदन किराँतीलाई समेत यस प्रकरण बारे जानकारी गराइएको छ ।

चोरीको गाडी प्रयोग गर्नेलाई नेपालको कानूनमा कडा सजायको व्यवस्था रहेको छ । प्रहरीले गाडी नियन्त्रणमा लिएपछि त्यसका नक्कली धनीलाई समेत कारबाहीको दायरामा ल्याउनु पर्ने हुन्छ । सार्वजनिक पद धारण गरेका साहले चोरीको भारतीय नम्बरको गाडीमा मारुती भ्यानको नेपाली नम्बर लगाएर प्रयोग गरेको सप्रमाण फेलापरेकाले तत्काल कारबाही गर्नुपर्ने माग हुन थालेको छ । साहको गाडी प्रहरीले नियन्त्रणमा लिइसकेपछि त्यसको प्रयोगकर्ताको खोजी तत्काल गर्नुपर्ने बताइन्छ । त्यसमा लगाइएको गाडीको नेपाली नम्बर बृहत्तरका अध्यक्ष रहेका साहको मारुती भ्यानको हो ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -