काठमाण्डौ/सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका रामकृष्ण लामिछानेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्याल्यमा , विन्देश्वर प्रसाद लेखकलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा , बद्रिनाथ गैरेलाई वुटवल उपमहानगरपालिकामा, पार्वती अर्याललाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा र शिव कुमार कार्कीलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।
यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव डा. नारायण प्रसाद रेग्मीलाई सामाजिक विकास मन्त्रालय सुदूर पश्चिमको प्रदेश सचिव, अस्मान तामाङलाई श्रम, रोजगार तथा यातायात मन्त्रालय बाग्मती प्रदेश सचिव र सो ठाउका सुरेश राउतलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । यस्तै कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाका डा. नरहरिप्रसाद घिमिरेलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कर्णाली प्रदेश र त्यहाँ कार्यरत डा. लेखराज दाहाललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सरुवा गरिएको छ ।
यसैगरि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी डा. सुधा देवकोटालाई स्वास्थ्य मन्त्रालय कोशी प्रदेश, विराटनगर र सो ठाउका अनुज भट्टचनलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय दलित आयोगका नारायण प्रसाद शर्मालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेश र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशीका कृष्ण प्रसाद सापकोटालाई राष्ट्रिय दलित आयोगमा सरुवा गरिएको छ ।
यस्तै उद्योग , पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेशका प्रदेश सचिव बद्रीराज ढुङ्गानालाई वन तथा वातावरण मन्त्रालय, आर्थिक मामिला मन्त्रालय, लुम्बिनी प्रदेशका का प्रदेश सचिव दीपकराज नेपाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेश, वन तथा वातावरण मन्त्रालयका सहसचिव विनोद प्रसाद देवकोटालाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेश र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, कर्णाली प्रदेशका प्रदेश सचिव नवराज पुडासैनीलाई वन तथा वातावरण मन्त्रालयमा सरुवा गरिएको जनाइएको छ ।
















