काठमाण्डौ, १ साउन ! प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा चुच्चे रेल संचालनमा ल्याउने घोषणा गरेपछि पूर्वाधार विकासको नाममा जीरो प्रतिशत प्रगति गरेको तर जनतालाई मूर्ख बनाउने तथा झूठा आश्वासन दिएर जहिले पनि झुक्याईरहने कार्यशैली प्रति कटाक्ष र व्यंग्य गर्दै गीतकार रमा थापाले तीज गीत कोशेली मार्फ़त व्यंग्य गर्दै लेख्नु भएको “केपी बाको रेलैमा..” बोलको गीतको श्रव्यदृष्य अर्थात भिडियो सार्वजनिक गरिएको छ ।
केहि वर्ष अघिसम्म चेलीहरुले ससुराली घरमा पाउँदै आएको दुःख इत्यादिलाई तीज गीत मार्फ़त सार्वजनिक गर्ने गरिएपनि हाल केहि वर्ष यतादेखि देशमा देखिएका सामाजिक र राजनीतिक कुरीति तथा विसंगति र राजकतालाई व्यंग्यात्मक रुपमा तीज गीतमार्फ़त ल्याइन थालिएको हो ।
शब्द, संगीत र सुमधुर स्वर स्वयं रामा थापाको रहेको यस गीतको भिडियोमा अविनाश श्रेष्ठले “केपी बा”को अभिनय गरेका छन भने विकाश श्रेष्ठ, रीना थापा मगर, सिरत कुवंरका तथा अन्य दिदी बहिनिहरुले उत्कृष्ट अभिनय गरेका छन ।
अलंकार डिजिटल स्टूडियो अडियो भिडियो एएफडी अनामनागरमा रेकर्डिंग गरिएको यस गीतको एरेन्ज विशाल निरौलाले गरेका छन भने भिडियो निर्देशन लिगेश भट्टराईले गरेका छन भने प्रोडक्शन डाक्टर अविष्कार थापाको रहेको रहेको छ ।
आदर्श थापाको सल्लाहमा बनाइएको यस गीतले नेपालको घृणित राजनीतिबाट आजित नेपाली तथा तीज मनाउन लागेका दिदिबहिनीहरुलाई भरपूर मनोरंजन मिल्ने विश्वास आफूले लिएको गीतकी लेखिका, संगीतकार तथा गायिका रमा थापालाई उद्धृत गर्दै मातृका साहले जानकारी गराउनु भयो ।
हेर्नुहोस् भिडियो