२०८२ असार २० गते, शुक्रबार १३:२१

यौन दुर्व्यवहारको आरोपमा फुटबल खेलाड़ी पक्राउ

काठमाडौं । यौन दुर्व्यवहार गरेको आरोपमा फुटबलर ड्यानी अल्भेस पक्राउ परेका छन् । बार्सिलोनामा पूर्व डिफेण्डर अल्भेसलाई एक महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा स्पेनको प्रहरीले पक्राउ गरेको हो ।

द सनका अनुसार बार्सिलोनाको नाइट क्लबमा उनले आफ्नो गोप्य अंगमा इच्छा विपरीत छोएको भन्दै एक युवतीले प्रहरीसमक्ष उजुरी गरेकी थिइन् ।

त्यही उजुरीका आधारमा प्रहरीले उनलाई पक्रेको हो । प्रहरीले उनलाई अदालतमा उपस्थित गराउने बताएको छ । आल्भेस अहिले पुमास भनिने मेक्सिकोको क्लब युनिभर्सिटी नेशनलमा आवद्ध छन् ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM