२०८३ जेष्ठ ५ गते, मंगलवार २०:५९

भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि एसपी बर्खास्त

काठमाडौं: नेपाल प्रहरीका उपरीक्षक (एसपी) रामेश्वरप्रसाद यादव भष्टाचार मुद्दामा दोषी ठहर भएपछि उनी प्रहरी सेवाबाट बर्खास्त भएका छन्। यादव जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा कार्यरत थिए।

२०७० सालमा रुपन्देहीमा हुँदा आर्थिक अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित हवल्दार ढकबहादुर गुरुङविरुद्ध मुद्दा दायर गरेको थियो।

उक्त मुद्दा चलेका दुवैजना निलम्वनमा परेका थिए ।

उनीहरूविरुद्ध आर्थिक अनियमितता गरेको र लागुऔषध मुद्दाका विषय पैसा लिएर मिलाएको पाइएकाले अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो। विशेष अदालतमा मुद्दा दर्ता भएपछि नै उनीहरू निलम्वनमा परेका हुन् ।

विशेष अदालतले उनीहरूलाई सफाई दिदै फैसला गरेको थियो। विशेषको फैसलाविरुद्ध अख्तियार सर्वोच्च गएको थियो।

सर्वोच्चले गत पुस ५ गते फैसला गर्दै उनीहरूलाई दोषी ठहर गरेको थियो। सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलाशले उनीहरुलाई दोषी ठहर गरेको थियो भने उनीहरुलाई सजाय निर्धारण भने भैसकेको छैन।

सर्वोच्चको सो फैसला पछि प्रहरी प्रधान कार्यालयले उनीहरूलाई पुस ७ गतेदेखि जिम्मेवारीबाट मुक्त गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

वीरगञ्जबाट पक्राउ परेका दुर्गा प्रसाईंमाथि कुन मुद्दा चलाउने भन्नेमा अझै अन्योल, कानुनी परामर्शमै पर्सा प्रहरी

वीरगञ्ज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार साँझ वीरगञ्जस्थित

वीरगञ्जबाट पक्राउ परेका दुर्गा प्रसाईंमाथि कुन मुद्दा चलाउने भन्नेमा अझै अन्योल, कानुनी परामर्शमै पर्सा प्रहरी

वीरगञ्ज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार साँझ वीरगञ्जस्थित

Live

Listen Live FM