२०८२ फाल्गुन २ गते, शनिबार १९:३१

सावधान! लिपिस्टिक र सौन्दर्य क्रीमले क्यान्सर निम्त्याउन सक्छ: डा. उप्रेती

‘विषको पोका -क्यानस्रर ल्याउने क्रिम किनेर प्रयोग गरेको ?

आफ्ना सन्तान लाई यस्तो सामग्री बाट बचाउने कि ?

डा. अरुणा उप्रेती

– डा. अरुणा उप्रेती

गोरो पार्ने क्रिममा मिसाइएको मर्करीले छालामा विभिन्न समस्या ल्याउँछ । विश्व स्वास्थ्य संघका अनुसार मर्करीले मिर्गौला बिगार्ने, रोग–प्रतिरोधात्मक क्षमता घटाउने, रगतको कमी गराउने, गर्भवती महिलाको गर्भपतनसमेत गराउन सक्नुका साथै यसले बच्चाहरुको मस्तिष्कको विकासमा पनि घातक असर पार्न सक्छ ।

अहिले नेपालमा रसायन मिसाएको तरकारीहरु खानुहुँदैन भन्ने धेरैले बुझिसकेका छन् । तर अनेक रसायन मिश्रित हानिकारक सौन्दर्य सामग्रीचाहिँ प्रयोग गर्नुहुँदैन भन्ने जानकारी कमैलाई मात्र छ ।

नेपालगन्जका केही महिलाले अनुहारमा लगाउने क्रिमबारे आफ्नो अनुभव सुनाउँदै भनेका थिए, ‘अनुहार राम्रो पार्न, चाया हटाउन चाइनिज क्रिमको प्रयोग गरेको एक–दुई महिना त राम्रो देखियो, तर पछि अनुहारमा रातो, नीलो दाग देखिएपछि सो चाइनिज क्रिमले समस्या पारेको थाहा भयो ।’ नेपालगन्जकी शान्ति नामक एक महिलाले अनुहार गोरो पार्ने क्रिम लगाउँदा अनुहारमा “रोजसिया” नामक छालाको रोग भयो । सो थाहा पाएपछि उनी काठमाडौँमा छालारोग विज्ञकहाँ आएर उपचार गराइन् । ‘अनुहार सेतो पार्ने धुनमा झन् छाला बिगार्ने, तनाव गराउने र पैसा पनि खर्च हुने काम भएको’ शान्तिको निष्कर्ष थियो ।

अहिले युरोपका धेरै देशहरुमा लिड (सिसा) लगायतका हानिकारक वस्तुहरु मिसिएको सौन्दर्य सामग्रीहरु बजारमा ल्याउन निषेध गरिएको छ । नेपालमा भने सौन्दर्य सामग्री र तिनमा कति घातक रसायन मिसिएका हुन्छन् भनेर हेर्ने व्यवस्था नै भएको पाइन्न ।

शिक्षित र आधुनिकहरु पनि अहिलेसम्म राम्रो हुनु भनेको गोरो हुनु हो भन्ने भ्रममा परेर अनुहारमा अनेक थरीका हानिकारक सौन्दर्य सामग्रीसमेतको प्रयोग गर्छन् । अनुहार, पाखुरा, घाँटी आदि गोरो पार्छ भनिएका क्रिममा मिसाइएको मर्करी र अन्य रसायनहरु स्वास्थ्यका लागि घातक हुन्छन् ।

नेपालमा एक गैरसरकारी संस्था ‘जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र’ (CEPHED) ले केही वर्षअघि नेपाली बजारमा पाइने ८ ब्रान्डका लिपस्टिक र छाला सेतो पार्ने भनिएका क्रिमको अनुसन्धान गर्दा त्यसमा लिड अर्थात् सिसाको मात्रा हुनुपर्ने मापदण्डभन्दा ३ सय देखि १४ सय ५० गुणा बढी भएको पाइएको थियो । त्यसै गरी छाला सेतो बनाउने क्रिममा मर्करी अर्थात् पारोको मात्रा पनि अत्यधिक नै पाइएको थियो । यस्तो सिसा र मर्करीहरु छाला, ओठको माध्यमबाट शरीरभित्र गएर शरीरका अंगहरुलाई अस्वस्थ पार्छन् ।

पसलमा जे छ त्यही सौन्दर्य सामग्री किनेर प्रयोग गर्नुलाई सीईपीएचईडीका (CEPHED) निर्देशक रामचरित्र शाह ‘विषको पोका किनेर प्रयोग गरेको भन्दा पनि फरक नपर्ने’ बताउँछन् ।

यस्ता सौन्दर्य सामग्रीहरु प्रयोग गर्दा एकै दिन, हप्ता वा महिना दिनमा नै स्वास्थ्य समस्या हुँदैन, तर बिस्तारै शरीरभित्र गएर अंगप्रत्यंगलाई असर गरिरहेका हुन्छन् । केही वर्षपछि शरीरमा यसको खराव परिणाम निस्किन थाल्छ । अफसोस ! अधिकांश प्रयोकगर्तालाई यस्ता सौन्दर्य सामग्रीहरुले स्वास्थ्यमा खराबी गरिरहेको प्रायः पत्तै हुँदैन ।

सौन्दर्य सामग्री बिकाउनकै लागि अनेक थरीका सुन्दरी प्रतियोगिता गरेर ती सामग्रीको व्यापार प्रवद्र्धन गर्ने गरेको देखिन्छ । आम महिला एवं किशोरीहरु त्यस्ता सौन्दर्य प्रतियोगितामा प्रवद्र्धन गरिएका सौन्दर्य सामग्रीको प्रयोग गर्न लालायित हुन्छन् र राम्ररी नबुझीकनै प्रयोग गर्न थाल्छन् । यसले गर्दा सौन्दर्य सामग्रीको व्यापार बढाउने उद्देश्य त पूरा हुन्छ तर ती सामग्रीले सुन्दरता वृद्धि गर्छ कि प्रयोगकर्ताको अनुहारलगायत समग्र स्वास्थ्यमा हानि गर्छ ? यस विषयमा उपभोक्ताहरु प्रायः चासो दिँदैनन्, पछि अनुहार विकृत हुँदा अत्तालिएर चिकित्सककहाँ पुग्छन् ।

भारतीय फिल्मका हिरोइनहरुले अनुहार गोरो बनाउने क्रिम र साबुन भनेर विज्ञापनमा भूमिका गरेपछि यसकै विश्वासमा परेर कतिपय नेपाली महिलाहरु त्यस्तै क्रिम वा साबुन प्रयोग गरेर आफ्नो पनि अनुहार नायिकाको जस्तै सुन्दर हुन्छ भन्ने भ्रम पाल्दै खूब प्रयोग गर्छन् । पछि त्यसले अनुहारमा खराबी देखिन थालेपछि चुप लागेर अनुहार लुकाउँदै बसेर अरुसँग परामर्श गरेको पनि प्रशस्तै भेटिन्छ ।

हिरोइनहरुले सुन्दरता वृद्धि गर्ने भन्दै क्रिम, पाउडर लगाएर विज्ञापन गरेको सौन्दर्य सामग्री वास्तविकतामा उनीहरु आफैँचाहिँ प्रयोग गर्दैनन् ।

उनीहरु विदेशबाट मगाएका उच्च गुणस्तरका महँगा सौन्दर्य सामग्री प्रयोग गर्छन् । उनीहरु घरमा बस्दा कुनै पनि सौन्दर्य सामग्री प्रयोग गर्दैनन् । तर नेपालमा धेरै महिलाले घरमा पनि स्वास्थ्यलाई हानि गर्ने स्तरहीन सामग्री प्रयोग गरेर बसेका हुन्छन् । डा. उप्रेतीको फेसबुक वालबाट साभार

प्रतिक्रिया लेख्नुहोस्

निर्दोषलाई समातेर ‘काम देखाउने’ प्रहरी? ट्रान्सपोर्ट एरियाको झडपमा पर्सा प्रहरीमाथि गम्भीर आरोप

वीरगंज/वीरगंज महानगरपालिका-आदर्शनगरस्थित ट्रान्सपोर्ट एरियामा माघ २६ गते भएको झडप घटनामा

निर्दोषलाई समातेर ‘काम देखाउने’ प्रहरी? ट्रान्सपोर्ट एरियाको झडपमा पर्सा प्रहरीमाथि गम्भीर आरोप

वीरगंज/वीरगंज महानगरपालिका-आदर्शनगरस्थित ट्रान्सपोर्ट एरियामा माघ २६ गते भएको झडप घटनामा

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 djarum4d m77 andara88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM