काठमाडौं । गएरातिदेखि बेपत्ता गायिका जेरुशा राई अझैँ फेला परेकी छैनन् । बिहीबार साँझ ७ बजे आसपास घरबाट निस्केकी जेरुसा अहिलेसम्म सम्पर्कमा नआएको उनकी आमाले बताइन् । जेरुसाकी आमाका अनुसार प्रहरीले खोजतलास गर्दा ७ ः ४० सम्म सीसीटिभी फुटेजमा जेरुसा हिँडेको देखिएपनि त्यसपछि छोरी जेरुसाको अवस्थाबारे पत्ता लगाउन सकेको छैन ।
जेरुसाकी आमाले छोरी डिप्रेसन रोगी र डेंगु संक्रमित रहेको पनि बताइन् । युवा पिढीमाभफ चर्चित रहेकी गायिका जेरुसा अढाइ महिनाअघि बेलायतबाट नेपाल फर्केकी थिइन् ।
बिहीबार साँझ ललितपुरको धोबीघाटबाट जेरुसा एक्कासी हराएकी थिइन् । जेरुसा बेपत्ता भएपछि उनले लेखेको नोट प्रहरीले फेला पारेको थियो । नोटमा लेखिएको थियो– ‘कसैलाई पनि दोष दिन्न, मेरो जीवनको दोषी म आफैँ हुँ ।’