चन्द्रसूर्यवाणी दैनिक २१ भाद्र २०७९
अभिनेता पल शाहलाई नवलपुर जिल्ला अदालतले बाल यौन दुर्व्यवहारमा साढे २ वर्ष कैद सजाए सुनाएको छ। जबरजस्ती करणीमा भने सफाइ दिँएको छ।
अदालतले शाहलाई रू २५ हजार जरिबाना र पीडित किशोरीलाई रू १० लाख क्षतिपूर्ति दिने फैसला गरेको छ।
शाहबिरूद्ध अर्को मुद्दा तनहुँ जिल्ला अदालतमा विचाराधीन छ।