२०८३ जेष्ठ १५ गते, शुक्रबार २०:२७

कर्मचारीको तलब बढ्यो, साउन १ देखि लागु हुने

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले निजामती तथा सरकारी कर्मचारीहरूको तलबमा २१ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेका छन् ।

यस वृद्धि सँगै अब कर्मचारीहरूको न्यूनतम पारिश्रमिक ४० हजार रुपैयाँ कायम हुने र अधिकतम पारिश्रमिक १ लाख रुपैयाँभन्दा माथि पुग्ने जानकारी उनले दिएका छन् ।

सरकारले घोषणा गरेको यो नयाँ तलब स्केल आगामी साउन १ गतेदेखि लागू हुने उनले बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM