२०८३ जेष्ठ १३ गते, बुधबार २०:५८

डीडीसीको कार्यालयमा सीआईबीको छापा, कागजात नियन्त्रणमा

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दुग्ध विकास संस्थान (डीडीसी) को केन्द्रीय कार्यालयमा छापा मारेको छ।

लैनचौरस्थित डीडीसीको कार्यालयमा बुधबार बिहानै सीआईबीको टोली पुगेको ब्युरोका प्रमुख एवं अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीले बताए। डीडीसीभित्र वित्तीय अनियमितता वा अन्य कैफियत भएको विशेष सूचनाका आधारमा प्रहरी त्यहाँ पुगेको बताइएको छ।

“डीडीसीसँग सम्बन्धित केही गम्भीर सूचना आएकाले हाम्रो टोलीले अनुसन्धान सुरु गरेको हो,” एआईजी केसीले भने। यद्यपि, अनुसन्धान प्रारम्भिक चरणमै रहेकाले उनले घटनाको विस्तृत विवरण भने खुलाउन चाहेनन्।

प्रहरी स्रोतका अनुसार अनुसन्धानका लागि सीआईबीले डीडीसीका महत्वपूर्ण आर्थिक तथा प्रशासनिक कागजातहरू नियन्त्रणमा लिएको छ। संस्थानभित्र लामो समयदेखि चल्दै आएको आन्तरिक विवाद र वित्तीय पारदर्शिताबारे सीआईबीले सूक्ष्म अध्ययन गरिरहेको बुझिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

पूर्वप्रधानमन्त्री सुशीला कार्की, रक्षाबमसहितका जेनजी अभियन्ता र रास्वपा सांसदहरूमाथि अनुसन्धान गर्न सिफारिश

काठमाडौं/राष्ट्रिय मानव अधिकार आयोगले पूर्व प्रधानमन्त्री सुशीला कार्कीसहित जेनजी अभियन्ता

पूर्वप्रधानमन्त्री सुशीला कार्की, रक्षाबमसहितका जेनजी अभियन्ता र रास्वपा सांसदहरूमाथि अनुसन्धान गर्न सिफारिश

काठमाडौं/राष्ट्रिय मानव अधिकार आयोगले पूर्व प्रधानमन्त्री सुशीला कार्कीसहित जेनजी अभियन्ता

Live

Listen Live FM