२०८३ बैशाख १३ गते, आईतवार ००:३८

ओलीलाई आज जिम्मा जमानीमा छाडिँदै

काठमाडौं । प्रहरीले पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आज रिहा गर्दैछ । सर्वोच्च अदालतले बिहीबारसम्म अनुसन्धान सकेर रिहा गरी अनुसन्धान अगाडि बढाउने दिएको आदेशअनुसार उनलाई आज रिहा गर्न लागिएको हो ।

प्रहरीले उनलाई जिम्मा जमानीमा छाड्ने तयारी गरेको छ । प्रहरी स्रोतका अनुसार सरकारी वकिलको कार्यालयबाट जिम्मा जमानीमा छाड्ने भनेर कागज आइसकेको छ । प्रक्रिया पूरा गरेर उनलाई केहीबेरमा छाड्ने तयारी छ ।

जेनजी आन्दोलनमा दमन गरेको आरोपमा प्रहरीले उनलाई चैत १४ गते गुण्डु निवासबाट पक्राउ गरेको थियो । जटिल स्वास्थ्य अवस्थाका कारण उनी त्रिवि शिक्षण अस्पतालमा बसेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM