काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्ना पीए आदर्श श्रेष्ठलाई नेपाल प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्ति गरेकी छन् ।
आज बसेको मन्त्रिपरिषद बैठकले श्रेष्ठलाई कोषको अध्यक्षमा नियुक्ति गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतमा करार सेवामा कम्प्युटर अधिकृतमा कार्यरत रहँदारहँदा प्रधानमन्त्री कार्कीको प्रमुख स्वकीय सचिवमा नियुक्त भएका श्रेष्ठलाई कोषको अध्यक्ष बनाइएको छ ।
कोषको संरक्षक स्वयं प्रधानमन्त्री हुने ब्यवस्था छ । आफैं संरक्षक रहेको कोषमा प्रधानमन्त्री कार्कीले आदर्शलाई नियुक्ति गरेकी हुन् ।
















