२०८२ चैत्र १ गते, आईतवार १२:५७

रौतहट जोड्ने बागमती पुल अलपत्र, चुनावपछि नेताहरू बेखबर

सर्लाही । सर्लाही र रौतहट जोड्ने गंगा–पिपरा बागमती नदी पुल निर्माण कार्य लामो समयदेखि अलपत्र पर्दा स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । चुनावका बेला प्रमुख एजेन्डा बनाइने यो पुल निर्माण कार्य चुनाव सकिएपछि भने सुस्ताउँदै गएको स्थानीयको गुनासो छ ।

सर्लाही क्षेत्र नम्बर-४ र रौतहट क्षेत्र नम्बर-१ का उम्मेदवारहरूले प्रतिनिधिसभा निर्वाचनका बेला गंगा-पिपरा पुल निर्माणलाई साझा चुनावी एजेन्डा बनाएका थिए । चुनावी प्रचारका क्रममा पुल निर्माण छिटो सम्पन्न गराउने प्रतिबद्धता जनाइए पनि चुनावपछि कामले गति लिन नसकेको स्थानीयवासी बताउँछन् ।

रामनगर गाउँपालिका-२ का स्थानीय जितेश यादवका अनुसार सर्लाही–४ बाट निर्वाचित सांसद अमरेशकुमार सिंहले चुनाव प्रचारका क्रममा पुल निर्माण तीव्र गतिमा अगाडि बढाउने आश्वासन दिएका थिए । ‘चुनाव जितेपछि काम छिटो हुन्छ भनिएको थियो, तर अहिले पनि पुल अधुरै छ’ उनले भने ।

यसैगरी नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पनि चुनाव जिते वा हारे पनि पुल निर्माणका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । रौतहट क्षेत्र नम्बर–१ का उम्मेदवारहरूले पनि पुल निर्माणलाई प्राथमिकतामा राखेका थिए, तर हालसम्म ठोस प्रगति देखिएको छैन ।

गंगा–पिपरा बागमती नदी पुल निर्माणका लागि २०७३ असार २८ गते करिब ८६ करोड ३७ लाख ९ हजार रुपैयाँमा टुण्डी–रसुवा–पप्पु जेभी कम्पनीसँग ठेक्का सम्झौता गरिएको थियो । निर्धारित समयमा काम सम्पन्न हुन नसक्दा पटक–पटक म्यादथप गरिएको छ । पछिल्लो पटक तोकिएको म्याद अनुसार २०८३ कात्तिक १३ गतेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताइएको छ ।

निर्माणाधीन पुलमा प्रयोग भएको सामग्रीको गुणस्तरमा प्रश्न उठ्दै आएको छ । २०८१ असोजमा आएको बाढीका कारण पुलको एक स्पान र एक फाउन्डेसनमा क्षति पुगेपछि माटो परीक्षण र डिजाइन पुनरावलोकनको कारण देखाउँदै निर्माण कार्य सुस्त भएको स्थानीयको आरोप छ ।

करिब ८० प्रतिशत काम सम्पन्न भइसकेको बताइए पनि पुल अलपत्र रहँदा दैनिक एक हजारभन्दा बढी नागरिकलाई जोखिमपूर्ण रूपमा नदी पार गर्नुपरेको छ । बाढीपछि क्षति भएको पुल मर्मत तथा निर्माणलाई तीव्रता दिन राज्य पक्षबाट अपेक्षित पहल हुन नसकेको स्थानीयको भनाइ छ ।

उक्त पुल निर्माण सम्पन्न भए सर्लाही र रौतहटसँगै पर्सा, बारा लगायत मधेशका जिल्लालाई प्रदेश राजधानीसँग सिधा सडक सम्पर्क जोडिने भएकाले यसको महत्व अत्यन्त ठूलो रहेको स्थानीयवासीले बताएका छन । पुल निर्माण छिटो सम्पन्न गर्न सम्बन्धित निकायको ध्यान जानुपर्ने उनीहरूको माग छ ।

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral marwah4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88
rajamania rajamania sritoto rajamania slot88 beb88 sritoto relic88 koi77 sritoto https://eragenset.com/ sritoto sritoto sritoto
zeonslot zeonslot raintoto m77 bendera62 andara88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM