२०८३ बैशाख २६ गते, शनिबार १३:३३

भुवन केसी, श्वेता खड्कासहित चलचित्र कलाकार संघका पदाधिकारी काँग्रेसमा

काठमाडौँ – नेपाल चलचित्र कलाकार संघका अध्यक्ष कलाकार रवीन्द्र खड्का सहितको टोली आज नेपाली कांग्रेसमा प्रवेश गरेको छ।

प्रवेश गर्ने कलाकारहरूमा रवीन्द्र खड्कासहित नायक भुवन केसी, नायिका श्वेता खड्का र उनका पित विजयन्द्र रहेका छन्।

उनीहरू मंगलबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर कांग्रेस प्रवेश गरेका हुन्।

उनीहृरू प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका हुन्।

उनीहरूसँगै कार्यक्रममा कांग्रेस नेतासमेत रहेका कलाकार नीर शाह पनि पुगेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM