२०८३ बैशाख १४ गते, सोमबार १६:०९

जसपा नेपालका उम्मेदवार यादव पक्राउ

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल सिरहा क्षेत्र नं. ३ का उम्मेदवार अशेश्वर यादव पक्राउ मौनअवधिका बेला यादव नगदसहित पक्राउ परेका छन् । प्रतिनिधिसभा निर्वाचनको एक दिन अघि उनी पक्राउ परेका हुन् ।

उनी सिरहा सदरमुकाम नजिकबाट गएराति साढे १२ बजे प्र. २–०२–००१ च ०८७ नम्बरको स्कार्पिओ गाडीसहित पक्राउ परेका हुन् ।

उनको गाडीमा ४ लाख ८७ हजार रुपैयाँ नगद फेला परेको छ। सो रकम बरामद गरेर यादवसहित पाँच जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका अन्यको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन। नियन्त्रणमा लिइएका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।

उनीहरूलाई आवश्यक कारबाहीको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM