२०८३ बैशाख १४ गते, सोमबार १७:५०

जेन-जी आन्दोलनका सुरुवाती नेता मिराज ढुङ्गाना काँग्रेस प्रवेश

काठमाडौँ /जेन-जी पुस्ताका अगुवा मिराज ढुंगाना नेपाली कांग्रेसमा प्रवेश गर्ने भएका छन् । उनी कांग्रेस सभापति गगनकुमार थापाबाट पार्टी प्रवेश गर्ने भएकाले ढुंगानासहितका युवाहरू सर्लाही ४ मा पुगिसकेका छन् ।

मिराज त्यस्ता जेन-जी अगुवा हुन्, जसले गत भदौ २३ गतेको जेन-जी आन्दोलनका लागि काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिएका थिए । तर उनी आन्दोलनमा देखा परेनन् ।

माइतीघरबाट सुरु भएको जुलुस नयाँ बानेश्वर पुग्ने र सभामा परिणत गर्ने कार्यक्रम थियो । आन्दोलनमा घुसपैठ भउको भन्दै मिराजले सबै जेन-जीहरूलाई घर फर्कन आह्वान गरेका थिए ।

जेन-जी आन्दोलनपछि उनले नयाँ दल खोल्ने तयारीसमेत गरेका थिए । तर अहिले कांग्रेस प्रवेश गर्न लागेका हुन् ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM