काठमाडौं । रवि लामिछाने जोडिएको र जीबी राईले पोखराको सूर्यदर्शन सहितका ५ वटा सहकारीका बचतकर्ताको करिब २ अर्ब रुपैयाँमा खरिद गरिएको जग्गा अपचलनमा संलग्न बाजेको सेकुवाकी संचालक नितिमा कार्कीलाई राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सर्लाही क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाएको छ ।
बाजेको सेकुवाका संचालक चेतन भण्डारी र उनकी श्रीमती नितिमा कार्कीको नाममा रहेको चेनी क्यापिटललाई सहकारीका बचतकर्ताको बचतबाट खरिद गरेको ललितपुरको प्राइम लोकेसनमा रहेको सैंबू भैंसेपाटीमा रहेको २३ रोपनी ७ आना जग्गा जीबी राईले अति सस्तो दरमा बिक्री गरेको देखिन्छ ।
सहकारीको बचतबाट किनेको जग्गा जीबीले शंकास्पद ढंगले चेनीलाई बिक्री गरिएको छ । ७ लाख आनामा जीबी राईले चेनी क्यापिटललाई बिक्री गरेका छन् । जुन जग्गा आनाकै न्यूनतम ५० लाख पर्न जान्छ, कसरी ७ आनामा चेनीलाई बिक्री गरियो, शंकास्पद छ । यस्तो शंकास्पद ढंगले जग्गा बिक्री गरिनुले पनि जीबी राईले सरकारले रोक्का राख्न सक्ने भएपछि हतार हतार चेनीका नाममा लुकाएको कुरालाई नै पुष्टि गरेको छ ।
पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, बीरगंजको सानोपाइला, नेपालगंजको समानता सहकारीका बचतकर्ताले प्रहरी कार्यालयमा उजुरी दिन थालेपछि जीबी राईले चेनी क्यापिटलका नाममा उक्त जग्गा पास गरेको तथ्य खुलेको थियो । जीबी राईले उक्त जग्गा सरकारले रोक्का राख्न नसकोस् भनेर बाजेको सेकुवाका संचालक चेतन र नितिमा दम्पतीका नाममा लुकाएको बिषयमा नेपालफेस डटकमसहितका संचारमाध्यमले उजागर गरेका थिए ।
ललितपुरको भैंसेपाटीमा जग्गाको मूल्य न्यूनतम ५० लाख आना पर्दछ । २३ आना ७ पैसा अर्थात् ३ सय ७५ आना हुन आउँछ । जसको मूल्य ५० लाख आनाले १ अर्ब ८७ करोड ५० लाख रुपैयाँ हुन्छ ।
सहकारीका बचतकर्ताको निक्षेपबाट जीबी राईले किनेको जग्गा चेतन र नितिमाको चेनी क्यापिटलमा लुकाएका जीबी राई फरार छन् । सहकारीका बिरुद्ध उजुरी पर्न थालेपछि उनी हतार हतार उक्त कम्पनीबाट अलग भई कौडीको मूल्यमा उक्त जग्गा चेनी क्यापिटलको नाममा बिक्री गरेको देखाएर लुकाएका थिए । पोखराको सूर्यदर्शनसहितका ५ वटा सहकारीको बचतकर्ताको १६ अर्ब रुपैयाँ अपचलन गरेका गितेन्द्रबाबु (जीवी) राई फरार छन् ।
जेनजी आन्दोलनपछि गठन भएको नागरिक सरकारले रवि लामिछानेको मुद्दा फिर्ता लिने सूचीमा सहकारीको १६ अर्ब बचत हिनामिना गर्ने जीबी राईसमेतको नाम छ । राईले सूर्यदर्शन, सुप्रिम सहहितका सहकारी संस्थामा सहकारी ऐन नियमबिपरीत बचतकर्ताको ६५ करोड रकम लगानी गरी डुबाएका थिए । जुन रकम अपचलनमा रास्वपाका सभापति रवि लामिछाने नै मुछिएका छन् ।
जीबी सहकारी ठगीमा छन् भन्ने जानीजानी उनको ठगीलाई मिडियाबाट ढाकछोप गर्न रविलाई अगाडि सारी ग्यालेक्सी टीभी खोलिएको थियो । रवि त्यही ग्यालेक्सीमा लगानी गरिएको बचतकर्ताको ६५ करोड अपचनलमा सहकारी ठगीमा मुद्दा समेत खेपिरहेका छन् । बिगो बुझाएर मात्र उनी रिहा भई चुनावमा उम्मेदवार भएका छन् ।
यसैबीच, गितेन्द्रबाबु (जीवी) राईले ठगीको रकमबाट खरिद गरी चेतन र नितिमाका नाममा लुकाएको (बेचेको ??) भैंसेपाटीको उक्त जग्गा मिडियाको खबरदारीपछि प्रहरीको पत्रका आधारमा मालपोत कार्यालय ललितपुरले रोक्का राखेको छ ।
बाजेको सेकुवाका चेतन भण्डारी २०७५ सालमा भएको साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा समेत मुछिएका पात्र हुन् । गोरेका नामले चर्चित चुडामणि उप्रेतीसहित संलग्न उक्त सुन तस्करीमा चेतनको पनि नाम थियो । पक्राउ पर्ने डरले त्यसबेला उनी अमेरिका फरार भएका थिए । पछि अदालतमा सेटिङ गरी उनी नेपाल फर्किएका थिए ।
चेतन भण्डारी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले खोजेपछि पक्राउ पर्ने त्रासले दुबई पुगेका थिए । उनलाई २०८१ मंसिरमा सीआईबीले पक्राउ गर्न खोजेपछि उनी फरार भएका थिए ।
सीआईबीले खोजेपछि दुबई पुगेका चेतन भण्डारीले भक्तपुरका नवीन बस्नेत नामक बिचौलियाको माध्यम प्रयोग गरी सेटल गरी फर्र्किएका थिए । ती बिचौलियाले सीआईबी मिलाएपछि भण्डारी नेपाल फर्किएका थिए । नेपाल फेस
















