२०८३ बैशाख १४ गते, सोमबार १९:२२

चुनावी गठबन्धनका विषयमा एमालेले मुख खोल्यो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै राजनीतिक दलसँग गठबन्धन नगरेको स्पष्ट गरेको छ।

एमालेका केन्द्रीय निर्वाचन प्रचार संयोजक मीनबहादुर शाहीले आज यहाँ पत्रकारहरूसँग कुरा उक्त जानकारी दिएका हुन्। आफ्नो पार्टी देश बनाउने सङ्कल्पका साथ चुनावी अभियानमा होमिएको बताए।

नेकपा एमालेका बारेमा स्वदेशी तथा विदेशी सञ्चारमाध्यममा आएका कतिपय विषय भ्रामक भएका बताउँदै संयोजक शाहीले निष्पक्ष सामग्री प्रस्तुत नभएका टिप्पणी गरे। उनले भने, ‘नेकपा एमाले सम्पादकीय स्वतन्त्रताको सम्मान गर्छ।’

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM