२०८३ बैशाख १४ गते, सोमबार २१:०९

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरे पुन: सडकमा उत्रिने जेनजेड फ्रन्टको चेतावनी

काठमाडौँ । नेपाल जेनजेड फ्रन्टले जेनजेड आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् । प्रतिवेदन फागुन २२ गतेभित्र सार्वजनिक नगरे पुनस् सडकमा उत्रिन बाध्य हुने चेतावनी उनीहरुले दिएका छन् ।फ्रन्टले विज्ञप्ति जारी गर्दै गौरी बहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगको प्रतिवेदन तोकिएको मिति फागुन २२ गतेपछि एक दिन पनि म्याद नथपी सार्वजनिक गर्न र कार्यान्वयनमा ल्याउन माग गरेको हो । फ्रन्टले यसले न्याय सुनिश्चितता हुने र जेनजेड जनआन्दोलनलाई न्याय हुने जनाएको छ ।

फ्रन्टले भनेको छ, ‘देश अराजकताको डिलमा पुगेको सङ्क्रमणकालीन अवस्थालाई न्यायोचित ढंगले सम्हाल्न, शान्ति, सुव्यवस्था तथा सुरक्षा कायम गर्न, जेनजेडले उठाएका माग सम्बोधन गर्न र भदौ २३ र २४ का घटनामा न्याय सुनिश्चित गर्न हामीले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वको मन्त्रिपरिषद्‍लाई राज्यको बागडोर सुम्पिने सामुहिक निर्णय गरेका थियौँ ।

सोही सन्दर्भमा फ्रन्टले भदौ २३ र २४ गते भएको विध्वंशको छानबिन गर्न बनेको आयोगको म्याद नथप्न र प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ । फ्रन्टले आज प्रधानमन्त्री सुशीला कार्कीलाई ध्यानाकर्षण बुझाउने भएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM