सर्लाही । सर्लाहीको बलरा नगरपालिकाका पूर्वमेयर अभयकुमार सिंह नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।पछिल्लो समय लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा सक्रिय रहेका नेता सिंहलाई गएराति कांग्रेस सभापति गगनकुमार थापाले कांग्रेसमा स्वागत गरेका हुन् ।
सिंहलाई पार्टीमा स्वागत गर्न आयोजित कार्यक्रममा कांग्रेसका केन्द्रीय सभापति थापासँगै सर्लाहीका निवर्तमान सभापति सुरेन्द्र प्रसाद सिंहलगायतका नेता–कार्यकर्ता उपस्थित थिए। कार्यक्रम सिंहकै निवासमा सम्पन्न भएको जनाइएको छ।सिंह २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट बलरा नगरपालिकाको मेयर पदमा निर्वाचित भएका थिए।
कांग्रेसका सभापति थापा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन सर्लाहीकै क्षेत्र नम्बर ४ बाट लड्दै छन् । उनले सर्लाहीमा प्रभाव जमाउँदै गएका छन् ।














