२०८२ फाल्गुन २ गते, शनिबार १०:५३

‘सिद्धान्तभन्दा नतिजा’मा विश्वास गर्ने रमेश अर्याल 

काठमाडौँ/माघ ६ गते देशभर २१ फागुनमा हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको थियो। अघिल्लो दिनसम्म काठमाडौँ क्षेत्र नम्बर ३ मा उम्मेदवार को हुने भन्ने टुंगो लागेको थिएन। दुई दिनदेखि माघ ५ गतेको रातभर विभिन्न नामहरू चर्चामा थिए, तर कसले टिकट पाउने भन्ने निश्चित थिएन। यही अन्योलताबीच एकाएक एउटा नाम सार्वजनिक भयो-रमेश अर्याल।

नेपाली कांग्रेसको प्रभावशाली क्षेत्र, जहाँ चर्चित सेलिब्रेटीहरूले समेत निर्वाचन लड्ने रणनीति बनाइरहेका थिए, त्यही अवस्थामा पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले अर्याललाई आफ्नो ‘कमान्डर’ का रूपमा किल्ला रक्षा गर्न चयन गरे। अर्यालको नाम चयन हुनुका पछाडि स्पष्ट कारणहरू थिए।

चक्रबहादुर ठकुरीको विरासतलाई कसले निरन्तरता दिन सक्छ भन्ने विषयमा सभापति र उपसभापतिबीच लामो छलफल भयो। छलफलपछि अर्याल नै उपयुक्त पात्र भएको निष्कर्षमा उनीहरू पुगे। मध्यरातमा अर्याललाई फोन आयो र सभापति थापाले “अब टिकट तपाईंलाई नै हो, तयारी गर्नुस्” भन्ने सन्देश दिए।

यस क्षेत्रमा अर्यालसँगै अन्य धेरै प्रतिस्पर्धी पनि थिए। आफू नै चयन भएको कुराले उनी स्वयं पनि अचम्मित भए। टिकटको आशा त थियो, तर पूर्ण विश्वास थिएन। पार्टीले एकाएक यसरी भरोसा गरेपछि अर्याल आफ्नै विगत सम्झन पुगे।

अर्याललाई छान्नुका मुख्य तीन कारण

पहिलो, यस क्षेत्रमा उनको दीर्घकालीन परोपकारी भूमिका र जनतालाई नझर्काउने नेतृत्व क्षमता। दोस्रो, उनको लगनशीलता र निरन्तर खटाइ। तेस्रो, वडा अध्यक्षको रूपमा तथा गोकर्णेश्वर नगरपालिकाको विपद् व्यवस्थापनमा देखाएको अब्बल कार्यक्षमताका कारण जनतामाझ स्थापित विश्वास।

काठमाडौँ-४ बाट निर्वाचन लडिरहेका सभापति थापाले अर्याललाई नजिकबाट चिनेका थिए। यी सबै गुणका आधारमा यसपटक अर्याललाई काठमाडौँ क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनाउँदै कांग्रेसको विजययात्रा निरन्तरता दिने योजना अघि सारिएको देखिन्छ।

को हुन् रमेश अर्याल?

रमेश अर्याल काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ का लागि एक बलियो र भरोसायोग्य विकल्प हुन्। राजनीतिमा ‘सिद्धान्त’भन्दा बढी ‘नतिजा’मा विश्वास गर्ने व्यक्तिका रूपमा उनी परिचित छन्। गोकर्णेश्वर क्षेत्रमा मतदाताहरूको टिप्पणी पनि यही छ।

२०७४ सालको स्थानीय निर्वाचनमा आफ्नो टिमका धेरै सदस्य पराजित हुँदा पनि उनी एकल लोकप्रिय मतका साथ वडा अध्यक्षमा निर्वाचित भए, जसले उनको जनप्रियता पुष्टि गर्छ। बौद्ध, तारेभिर, सुन्ताखाना तथा कागेश्वरीका विभिन्न वडामा उनी समान रूपमा लोकप्रिय छन्। जनतासँगको यही बलियो सम्बन्धका कारण पार्टीले उनमा विश्वास गरेको देखिन्छ। काठमाडौँ-३ का मतदाताहरूले पनि अर्याललाई यही दृष्टिले हेरेर समर्थन जनाउन थालेका छन्।

नेपालको राजनीतिक संस्कारमा उम्मेदवारले आश्वासन बाँड्ने चलन भए पनि अर्यालको हकमा अवस्था उल्टो देखिन्छ। सुन्दरीजलदेखि गागलभेदीसम्म, जहाँ–जहाँ उनी पुगे, त्यहाँका नागरिकहरूले “एक पटकको मत रुख चिन्हमा अर्थात् तपाईंलाई” दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

असहज राजनीतिक परिस्थितिमा पनि विपक्षी र कर्मचारीतन्त्रसँग समन्वय गरेर काम निकाल्न सक्ने क्षमताले नै अर्याललाई क्षेत्र नम्बर ३ को नेतृत्वका लागि योग्य बनाएको जनताको बुझाइ छ।

व्यावहारिक एजेन्डा र ठोस अनुभव

खानेपानी संकटको समाधान:

काठमाडौँ क्षेत्र नम्बर ३ को प्रमुख समस्या खानेपानीको अभाव हो। अर्यालले मेलम्ची आयोजनाको पाइपलाइन विस्तारमा मात्र निर्भर नरही, परम्परागत मुहानहरूको पुनरुत्थान, बोरिङ प्रणालीको वैज्ञानिक व्यवस्थापन र बर्खे पानी संकलनलाई नीतिगत रूपमा अघि बढाउने योजना अघि सारेका छन्। “हाम्रो क्षेत्रको पानी, हाम्रै घरको धारामा” भन्ने संकल्पका साथ उनले वितरण प्रणालीको न्यायोचित सुधारमा जोड दिएका छन्।

युवालाई श्रम बजार र उद्यमशीलतासँग जोड्ने योजना:

बेरोजगारीको नारा मात्र नभई, अर्यालले युवालाई स्थानीय श्रम बजारमा टिकाउने उद्देश्यले ‘सीप प्रमाणीकरण तथा रोजगार केन्द्र’ को अवधारणा अघि सारेका थिए, जुन सफल पनि भएको थियो। जनताले यस कार्यक्रमलाई पुनः सञ्चालन गर्न माग गरिरहेका छन्। क्षेत्र नम्बर ३ भित्रका उद्योग तथा व्यवसायीसँग समन्वय गरी सीपमूलक तालिम प्रदान गर्दै युवालाई स्वदेशमै अर्थतन्त्रको मेरुदण्ड बनाउने उनको सोच छ।

शिक्षामा नमुना परिवर्तन:

खगेन्द्र नवजीवन विद्यालयमा अर्यालले गरेको काम ‘बोल्नेभन्दा गर्ने’ शैलीको उत्कृष्ट उदाहरण हो। पहिले करिब २०० विद्यार्थी मात्र रहेको यस विद्यालयमा उनले गुणस्तर सुधार गरेपछि आकर्षण बढ्यो। हाल विद्यालयमा ६७५ विद्यार्थी अध्ययनरत छन्। गोकर्णेश्वरकै उत्कृष्ट विद्यालयमध्ये एक बन्न सफल यस विद्यालयलाई पूर्ण अपाङ्गमैत्री बनाउन उनले विशेष पहल गरेका थिए। आज यो विद्यालय देशकै उत्कृष्ट अपाङ्गमैत्री विद्यालयका रूपमा परिचित छ। यही अनुभवलाई क्षेत्रका अन्य सामुदायिक विद्यालयमा पनि लागू गर्नुपर्ने जनताको अपेक्षा छ।

नीतिमा स्पष्टता:

वडा अध्यक्षका रूपमा स्थानीय सरकार सञ्चालन गरेको अनुभवले उनलाई ऐन, नियम र बजेट विनियोजनका जटिलता राम्रोसँग बुझ्न मद्दत गरेको छ। प्रशासनिक झन्झट हटाएर नागरिक सेवाहरू छिटो, सहज र पारदर्शी बनाउने स्पष्ट दृष्टिकोण उनीसँग छ।

संकटको सारथि:

कोभिड–१९ महामारीको समयमा करिब १० हजार नागरिकलाई खोप उपलब्ध गराउनुका साथै तीन महिनासम्म असहाय नागरिकलाई भोजनको व्यवस्था गरेर उनले “नेता भोट माग्न मात्र होइन, भोट दिने नागरिकको ज्यान जोगाउन पनि आउँछन्” भन्ने कुरा व्यवहारमै प्रमाणित गरे।

प्रतिक्रिया लेख्नुहोस्

निर्दोषलाई समातेर ‘काम देखाउने’ प्रहरी? ट्रान्सपोर्ट एरियाको झडपमा पर्सा प्रहरीमाथि गम्भीर आरोप

वीरगंज/वीरगंज महानगरपालिका-आदर्शनगरस्थित ट्रान्सपोर्ट एरियामा माघ २६ गते भएको झडप घटनामा

निर्दोषलाई समातेर ‘काम देखाउने’ प्रहरी? ट्रान्सपोर्ट एरियाको झडपमा पर्सा प्रहरीमाथि गम्भीर आरोप

वीरगंज/वीरगंज महानगरपालिका-आदर्शनगरस्थित ट्रान्सपोर्ट एरियामा माघ २६ गते भएको झडप घटनामा

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 djarum4d m77 andara88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM