२०८२ माघ २८ गते, बुधबार २०:०६

न्याय खोज्दै प्रहरीकहाँ पुगेकी महिला, इन्स्पेक्टरमाथि बलात्कार आरोपपछि पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवन मातहत कार्यरत एक प्रहरी अधिकृतविरुद्ध जबरजस्ती करणीको अभियोगमा जाहेरी दर्ता भएको छ। इलाका प्रहरी कार्यालय खैरहनीका इन्चार्ज प्रहरी इन्स्पेक्टर प्रदीप महतविरुद्ध ३७ वर्षीया एक महिलाले माघ २३ गते औपचारिक जाहेरी दर्ता गराएकी हुन्।

जिल्ला प्रहरी कार्यालय चितवन स्रोतका अनुसार जाहेरी परेपछि महतलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। घटनाबारे औपचारिक धारणा सार्वजनिक भने गरिएको छैन।

पीडित महिलाले दिएको जाहेरीमा असोज १ गते आफू कार्यालयसम्बन्धी समस्या लिएर इलाका प्रहरी कार्यालय पुगेको उल्लेख छ। त्यहाँ छलफलपछि ‘न्याय दिलाइदिन्छु’ भन्ने आश्वासनसहित कफी खान बोलाएर सोही क्षेत्रको एक क्याफेमा लगिएको र प्रलोभन तथा पदको प्रभाव प्रयोग गरी जबरजस्ती करणी गरिएको आरोप लगाइएको छ। स्वास्थ्य अवस्था ठीक नभएको भन्दै अस्वीकार गर्दा समेत बल प्रयोग गरिएको र शारीरिक चोटपटक लागेको दाबी जाहेरीमा गरिएको छ।

त्यसैगरी, पहिलो घटनापछि प्रहरीकहाँ उजुरी दिने कुरा गर्दा पुनः कार्यालयमै बोलाएर कार्यकक्षभित्रै जबरजस्ती करणी तथा कुटपिट गरिएको आरोप समेत महिलाले लगाएकी छन्।

जाहेरी दर्तापछि आफूलाई आरोपित अधिकृतका आफन्तबाट धम्की आउने गरेको गुनासो पनि उनले गरेकी छन्।

यस विषयमा जिल्ला प्रहरी कार्यालय चितवनका अधिकारीहरूसँग प्रतिक्रिया लिन खोज्दा औपचारिक प्रतिक्रिया प्राप्त हुन सकेको छैन। अनुसन्धान जारी रहेकाले प्रारम्भिक विवरणबाहेक थप जानकारी सार्वजनिक नगरिएको प्रहरी स्रोतको भनाइ छ।

प्रहरी अधिकृतजस्तो संवेदनशील जिम्मेवारीमा रहेका व्यक्तिविरुद्ध गम्भीर प्रकृतिको आरोप लागेकाले निष्पक्ष र पारदर्शी अनुसन्धानको माग उठ्न थालेको छ। कानून अनुसार दोष प्रमाणित नभएसम्म आरोपित निर्दोष मानिने सिद्धान्त लागू हुने भए पनि घटनाको प्रकृति संवेदनशील रहेकाले छानबिन प्रक्रियातर्फ सर्वसाधारणको चासो केन्द्रित भएको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM