२०८२ माघ २६ गते, सोमबार ०२:५३

सिआइबीको असई बनेर ठगी गर्ने महिला पक्राउ

रौतहट/ रौतहट प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी को असई हुँ भनी सर्वसाधारणलाई झुक्याउँदै ठगी गर्ने एक महिलालाई चन्द्रपुर नगरपालिका- ६ बाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सर्लाही जिल्ला कबिलासी नगरपालिका वडा नं. १०, सलेमपुर टोल निवासी निर्मला महतो रहेकी छन्। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार उनले कहिले नेहा, कहिले निशा त कहिले पूनम कुमारी नाम प्रयोग गर्दै आफू सिआइबी की असई भएको झुटो परिचय दिई विभिन्न व्यक्तिहरूबाट आर्थिक तथा अन्य लाभ लिँदै ठगी गर्दै आइरहेकी थिइन्।

नक्कली परिचय बनाएर सरकारी निकायको डर, पहुँच र प्रभावको दुरुपयोग गर्दै सर्वसाधारणलाई झुक्याउने कार्य गम्भीर अपराध भएको जनाउँदै प्रहरीले उनलाई ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसुरमा पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको जनाएको छ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रमुख डिएसपी रुपा लाबुङ ले घटनाबारे जानकारी दिँदै यस्ता नक्कली प्रहरी वा सरकारी कर्मचारी बनेर ठगी गर्ने गिरोहप्रति सतर्क रहन सर्वसाधारणलाई आग्रह गर्नुभयो।

उहाँका अनुसार, कसैले आफूलाई प्रहरी, सिआइबी वा अन्य सरकारी निकायको कर्मचारी बताउँदै डर देखाउने, काम मिलाइदिने वा फसाउने शैलीमा पैसा मागे तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन अनुरोध गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d
kingmedan303 rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM