२०८२ माघ २६ गते, सोमबार ०२:५०

लोकतन्त्र कमजोर पार्ने दमन स्वीकार्य छैन : पूर्वमन्त्री खड्का

काठमाडौं/नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथि हुने कुनै पनि प्रकारको दमन लोकतन्त्रका लागि गम्भीर चुनौती भएको बताएका छन्।

खड्काले आज एक विज्ञप्ती जारी गर्दै नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राष्ट्र भएको उल्लेख गर्दै खड्काले लामो संघर्ष र बलिदानबाट प्राप्त लोकतन्त्र, संविधान र नागरिक स्वतन्त्रता कुनै पनि अवस्थामा कमजोर पारिन नहुने स्पष्ट पारे। उनले नेपाली कांग्रेस सधैं शान्ति, लोकतान्त्रिक अभ्यास र राष्ट्रनिर्माणको मार्गमा प्रतिबद्ध रहँदै आएको पनि स्मरण गराए।

वर्तमान सरकारको मुख्य दायित्व फागुन २१ मै निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउनु भएको खड्काको भनाइ छ। “उम्मेदवारलाई स्वतन्त्र रूपमा मतदातासँग भेटघाट गरी मत माग्ने वातावरण बनाउनु र नागरिकको सुरक्षा सुनिश्चित गर्नु सरकारको जिम्मेवारी हो,” उनले भने, “तर वाक् स्वतन्त्रताको सम्मान गर्नुको सट्टा दमन र डरको राजनीति अपनाइनु लोकतन्त्रकै विरुद्ध हो।”

संविधानको धारा १७ (१) ले विचार तथा अभिव्यक्ति स्वतन्त्रता, धारा २७ ले सूचनाको हक र धारा १९ ले शान्तिपूर्ण सभा तथा प्रदर्शनको अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै खड्काले ती अधिकार प्रयोग गर्नु अपराध नभई लोकतन्त्रको मर्म भएको बताए। समाजका विकृति र सरकारका कमजोरीमाथि प्रश्न उठाउनु नागरिकको वैधानिक अधिकार भएको उनको धारणा छ।

सामाजिक अभियन्ता दुर्गा प्रसाईंलाई पटक-पटक पक्राउ गर्नु लोकतान्त्रिक मूल्य र संवैधानिक मर्म विपरीत रहेको उल्लेख गर्दै खड्काले अभिव्यक्तिको आधारमा गरिएको गिरफ्तारी तत्काल बन्द गरिनुपर्ने माग गरे। “असहमतिको आवाज दबाउने प्रयासले लोकतन्त्र बलियो होइन, कमजोर बनाउँछ,” उनले चेतावनी दिए।

नेपाली कांग्रेस लोकतन्त्र, विधिको शासन र मानव अधिकारप्रति दृढ रहेको उल्लेख गर्दै खड्काले सरकारसँग नागरिक अधिकारको सम्मान, संवाद र सहमतिमार्फत समस्या समाधान तथा निष्पक्ष निर्वाचनको वातावरण सुनिश्चित गर्न आग्रह गरे।

उनले भने, “दमन होइन संवाद, डर होइन विश्वास, अस्थिरता होइन स्थिरता नै राष्ट्रनिर्माणको सही मार्ग हो।”

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d
kingmedan303 rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM