२०८२ माघ २३ गते, शुक्रबार १३:१५

प्रहरीको संरक्षणमा सर्लाही नाकाबाट अनियन्त्रित तस्करी

सर्लाही । सर्लाही जिल्लाका सीमा नाकाहरू पछिल्लो समय संगठित तस्करी र अवैध असुलीको केन्द्र बन्दै गएका छन् । सीमा क्षेत्र, बजार र आवतजावत हुने मुख्य मार्गहरूमा नेपाल प्रहरीकै घुमुवा टोलीको सक्रियतामा तस्करी सञ्चालन भइरहेको गम्भीर आरोप स्थानीयस्तरबाट उठिरहेका छन् ।

स्थानीय स्रोतका अनुसार सर्लाही-भारत सीमाका संग्रामपुर, त्रिभुवननगर, सखुव, फेनहारा, छतौना, मधुवनी, बलरा, बहादुरपुर, छतौना, पर्सा, त्रिभुवननगर, भाँडसर, छन्की-लक्ष्मीपुर तथा गुल्म सिमरा नाकाहरू तस्करीका प्रमुख ट्रान्जिट प्वाइन्ट बनेका छन् । यी नाकाबाट नेपालतर्फ चिनी, तेल, चामल, मैदा, माछा, अण्डा, कुखुराका चल्ला, सूर्तीजन्य पदार्थ, कपडा, हार्डवेयर तथा किरानाका सामग्री भित्रिने र नेपालबाट भारततर्फ कवाडी, सुपारी, मरिच, मदिरा, अलैंची, स्याउ लगायतका सामग्री अवैध रूपमा निकासी हुने गरेको स्थानीयको दाबी छ ।

यस अवैध कारोबारको मुख्य केन्द्रमा कारोबारी विजय यादवको नेटवर्क रहेको आरोप छ । मधुवनी, बहादुरपुर र छन्की क्षेत्र हुँदै विजय यादवको ‘लाइन’ मा दर्जनौँ ट्र्याक्टर र पिकअप सवारी सञ्चालन हुने गरेको स्थानीयहरू बताउँछन् । प्रहरी चौकी र घुमुवा टोलीसँग मिलेमतो गरी रात्रीकालीन ‘लाइन’ खुला गरिने, सूचनाकै आधारमा सवारी साधन सहजै पास गराइने र अवैध कारोबार निर्बाध चलाइने गरेको आरोप उनीहरूसँग छ ।

नाकामा विजय पुकार र हुसैनी नामक कारोबारीहरूको प्रभाव पनि उल्लेखनीय रहेको स्थानीयको भनाइ छ । उनीहरूले पिकअप सवारीमार्फत कपडासहितका सामग्री नियमित रूपमा ओसारपसार गर्दै आएको र सीमा नाकादेखि राजमार्गसम्म ‘लाइन किनेर’ काम सञ्चालन भइरहेको दाबी गरिएको छ । स्थानीयका अनुसार उनीहरू खुलेआम आफूहरूको सेटिङ बलियो रहेको बताउने गर्छन् ।

हरिवन क्षेत्रमा ‘सन्तोष डिलर’ भनेर चिनिने सन्तोष साह पनि ठूलो परिमाणमा तस्करीमा संलग्न रहेको आरोप छ । स्रोतका अनुसार उनले नेपालबाट स्याउ तथा प्रतिबन्धित वस्तु भारत पठाउने र भारतबाट कपडा, हार्डवेयर तथा किराणाका सामग्री नेपाल भित्र्याउने गरेका छन् । यसमा समेत घुमुवा प्रहरीको सेटिङ प्रयोग हुने गरेको दाबी गरिएको छ ।

यस सन्दर्भमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी योगेन्द्रबहादुर खड्कामाथि समेत गम्भीर आरोप लागेका छन् । स्थानीय स्रोतका अनुसार ‘क्राइम टोली’ को नाममा परिचालित घुमुवा प्रहरीमार्फत सीमा नाका, बजार तथा भित्री सडकमा अवैध असुली गराउने गरिएको छ । सो टोलीमा प्रहरी हवल्दार मखन हजरा, प्रहरी सहायक हवल्दार राजेशकुमार यादव र प्रहरी हवल्दार चाहत मंसुर सक्रिय रहेको आरोप लगाइएको छ । उनीहरूले तस्करहरूसँग सम्पर्क राख्ने, ‘लाइन मिलाउने’ र मासिक असुली उठाउने गरेको स्थानीय व्यापारीहरूको भनाइ छ ।

बहादुरपुर प्रहरी चौकीका इन्चार्ज असई राजकुमार रमतेल र अर्नाहा प्रहरी चौकीका असई सन्तोष साहमाथि पनि तस्करहरूसँग मिलेमतो गरी मासिक असुली उठाउने र सवारी साधनलाई सहज पास दिने आरोप लागेको छ । नाम नखोल्ने सर्तमा स्थानीय व्यापारीहरू भन्छन् सीमा क्षेत्रमा यति ठूलो परिमाणमा भइरहेको तस्करी प्रहरीको जानकारी र सहमतिबिना सम्भव नै हुँदैन ।

खुलेआम भइरहेको तस्करी र अवैध असुलीका कारण राज्यले करोडौँ रुपैयाँ राजस्व गुमाइरहेको सरोकारवालाहरूको भनाइ छ । बैध व्यवसाय धरासायी बन्दै गएका छन् भने भारतबाट भित्रिने खाद्य सामग्रीमा विषादी प्रयोग भएको आशंकाले सार्वजनिक स्वास्थ्यमा समेत गम्भीर खतरा बढेको छ ।

यद्यपि यी आरोपबारे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी योगेन्द्रबहादुर खड्काले आफू वा मातहतका कुनै पनि प्रहरी कर्मचारी अवैध असुली वा तस्करीमा संलग्न नरहेको दाबी गरेका छन् । उनले आरोप निराधार भएको भन्दै दोषी प्रमाणित भए कानुनअनुसार कडा कारबाही गरिने र अवैध गतिविधि नियन्त्रणका लागि निगरानी बढाइएको बताएका छन् ।

तर स्थानीयस्तरमा भने विजय यादव नेटवर्क, सखुवामा नाकामा विजय पुकार र हुसैनीको प्रभाव तथा घुमुवा प्रहरी प्रणालीको दुरुपयोगमाथि निष्पक्ष र उच्चस्तरीय छानबिन नभएसम्म सर्लाहीमा मौलाउँदै गएको तस्करी नियन्त्रण गर्न कठिन हुने आवाज चर्किँदै गएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88 djarum4d beb88 sritoto kpsjitu wongsobet kpsjitu rajamania
zeonslot zeonslot m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM