२०८३ बैशाख १५ गते, मंगलवार १८:३०

सशस्त्र प्रहरी बल नेपालको रजत महोत्सवमा समाजसेवी कुँवर सम्मानित

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालको स्थापनाको २५ औँ रजत महोत्सवको अवसरमा समाजसेवी देवकुमार कुँवरलाई विशेष सम्मान प्रदान गरिएको छ। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले कुँवरलाई महानिरीक्षक प्रशंसा सम्मान प्रदान गर्नुभएको हो।

बालबालिकाको संरक्षण, मानव अधिकारको प्रवर्द्धन तथा विपद् र आपतकालीन अवस्थामा उद्धार सेवामा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका कुँवर जन उद्धार सेवा समितिमार्फत बालबालिकासँग सम्बन्धित सामाजिक कार्यमा समन्वयकारी भूमिकामा सक्रिय रहँदै आउनुभएको छ। उहाँ मानव अधिकार रक्षक तथा नागरिक समाजका सक्रिय सदस्यका रूपमा समेत परिचित हुनुहुन्छ।

सशस्त्र प्रहरी बल नेपालको २५ वर्षे सेवायात्राका क्रममा समाजसेवा, मानवीय सहयोग र नागरिक हितका क्षेत्रमा निरन्तर योगदान पुर्‍याउने व्यक्तित्वको कदरस्वरूप कुँवरलाई उक्त सम्मान प्रदान गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।

सम्मानित कुँवर नेपाल पत्रकार मञ्चका सक्रिय सदस्य समेत हुनुहुन्छ। सामाजिक सेवा, मानव अधिकार तथा नागरिक सरोकारका क्षेत्रमा उहाँले देखाउँदै आएको प्रतिबद्धता र सक्रियताको उच्च मूल्याङ्कन गर्दै सशस्त्र प्रहरी बल नेपालले उहाँलाई सम्मान गरेको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM