२०८३ बैशाख २२ गते, मंगलवार १७:४८

एसईई परीक्षा १२ दिन पछि सर्‍यो (तालिकासहित)

काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले माध्यमिक शिक्षा परीक्षा (सईई)को परीक्षा तालिका सार्वजनिक गरेको छ।

आगामी चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन गर्न लागिएको एसईईको तालिका बोर्डले सार्वजनिक गरेको हो।

यस वर्षको एसईईमा सहभागी हुन ५ लाख १७ हजारले परीक्षा फारम भरेका छन्।

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका कारण बोर्डले सय वर्षको एसईई १२ दिन पछि सारेको हो। गत वर्ष एसईई चैत ७ गतेदेखि सञ्चालन भएको थियो।

निर्वाचनको लागि मतपत्र र परीक्षाको प्रश्नपत्र छपाइको काम जनक शिक्षा सामग्री केन्द्रबाट हुँदै आएको छ। मतपत्र छपाईको कारण परीक्षाको तालिकामा परिमार्जन गरिएको बोर्डले जनाएको छ।

मतपत्रको छपाइ सकिएपछि एसईईको प्रश्नपत्र छाप्ने बोर्डको तयारी छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM