२०८३ बैशाख २२ गते, मंगलवार १९:०९

रास्वपा र एमाले कार्यकर्ताबीच झडप, अवस्था तनावग्रस्त

काठमाडौँ । झापाको दमकमा नेकपा (एमाले)र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताबीच झडप भएको छ। झापा–५ बाट उम्मेदवारी दिन रास्वपा नेता बालेन साहसहितको टोली निर्वाचन अधिकृतको कार्यालय पुगेका बेला झडप भएको हो।

उम्मेदवारी दर्ताको क्रममा रास्वपा कार्यकर्ताले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेपछि अवस्था तनावग्रस्त बनेको बताइएको छ।

नाराबाजीपछि दुवै पक्षका कार्यकर्ताबीच भनाभन हुँदै झडप भएको स्रोतले जनाएको छ। घटनापछि दमक क्षेत्रको अवस्था तनावपूर्ण बनेको छ भने स्थिति नियन्त्रणमा लिन प्रहरीले प्रयास गरिरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM