२०८३ असार १० गते, बुधबार १६:४७

विश्वप्रकाशले फिर्ता लिए महामन्त्रीको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दर्ता गराएका विश्वप्रकाश शर्माले उम्मेदवारी फिर्ता लिएका छन्।

महामन्त्रीमा गुरूराज घिमिरेलाई अघि सार्दै उनले आफ्नो नाम फिर्ता लिएका हुन्। शर्माले नाम फिर्ता लिएसँगै दुई महामन्त्रीमा गुरूराज घिमिरे र प्रदीप पौडेलको उम्मेदवारी परेको छ।

दुई उपसभापतिमध्ये एकमा फरमुल्लाह मन्सुरको उम्मेदवारी परेको छ। सभापति पदका लागि गगन थापाको मात्र उम्मेदवारी परेको छ।

सहमहामन्त्रीका लागि बहादुरसिंह लामाले उम्मेदवारी दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM