वीरगञ्ज । अफिमसँग पक्राउ परेका जौवादलाई छुटाउन दलालहरू परिचालन भएको र उनीसँगै पक्राउ परेकाहरुलाई सकार्न लगाई बयान बदलेर जौवादलाई बचाउन चलखेल भइरहेको बुझिएको छ।बाराको प्रसौनी गाउँपालिका-१ नकटुवाक्षेत्रमा प्रहरीले भारतीय नम्बर प्लेटको कारबाट २ किलो २४ ग्राम लागूऔषध अफिम बरामद गरेको र
वीरगञ्ज महानगरपालिका-११ का ३२ वर्षीय जौवाद अहमद, बहुदरमाई नगरपालिका-७ का ३८ वर्षीय निलेश पटेल कुर्मी र विन्दवासिनी गाउँपालिका-२ का ४८ वर्षीय शेषनाथ चौरसिया संगै पक्राऊ परेका थिए।
अस्ती बिहीबार अपराह्न इलाका प्रहरी कार्यालय प्रसौनी र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पर्साको संयुक्त टोलीले पतञ्जलि क्षेत्रबाट नकटुवातर्फ जाँदै गरेको बीआर ०१ सीएल ६०७९ नम्बरको भारतीय कार रोकी चेकजाँच गर्दा अफिम बरामद भएको थियो।
जौवाद अहमद वीरगञ्जस्थित ‘होप अलाइभ च्यारिटी फाउन्डेसन’ नामक गैरसरकारी संस्थासँग आबद्ध रहेको र याे सँस्था संग उनको ठुलो दाई हाल अमेरिकी नागरिक जावेद अहमद पनी जुडेकोे खुलेको छ। लागूऔषध कारोबारबाट आर्जित केही रकम समाज सेवामा खर्च गरी समाज र सरकार लाई धोखा दिँदै आएको अहमद परिवार कोे लागु औषधको पुस्तैनी कारोबारी भएको खुलेको छ।
जौवादका दाजु जावेद अहमद अमेरिकी नागरिक भएको र केही वर्षअघि न्युयोर्कमा ड्रगसम्बन्धी कारोबारमा सजाय भोगेर त्यहाँ बाट भागेर हाल डालसमा बस्ने गरेको त्यहाँ पनि उनको गतिविधि शंकास्पद रहेको बुझिएको छ। अहिले पर्दा पछाडी बसेर लाखौं रुपैया खर्च गरेर बारा प्रहरीको प्रारम्भिक बयान फेर्ने प्रयत्नमा नेता र बिचौलिया हरु लागेका छन्।
















