२०८२ चैत्र १ गते, आईतवार १४:२३

अदालतको परमादेशको खिल्ली उड्यो : आरोपित नगर प्रमुखलाई प्रहरी प्रमुखकै ‘रेड कार्पेट’ स्वागत

काठमाडौं । नागरिकता किर्ते कसूरमा अनुसन्धान गर्न अदालतले परमादेश दिएका बीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहसँग प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले भेटेका छन् ।

अनुसन्धानको दायरामा रहेका नगरप्रमुख (मेयर) सिंहलाई भेट गरेको बिषयले आईजीपी कार्कीसमेत विवादमा परेका छन् । नगरप्रमुख सिंहले बुधबार प्रहरी प्रधान कार्यालयमा पुगेर आईजीपी कार्कीसँग भेटघाट गरेका छन् ।

अदालतले किर्ते नागरिकता प्रकरणमा अनुसन्धान गर्न प्रहरीलाई परमादेश दिएको ९ दिनपछि बुधबार मेयर सिंहले आईजीपी दानबहादुर कार्कीसँग भेटवार्ता गरेका हुन् । भेटघाट मात्र गरेका होइनन्, अदालतले अनुसन्धान गर्न आदेश दिएलगत्तै न्यायिक छानबिनमा रहेका मुख्य आरोपी मेयरले अनुसन्धान गर्ने संगठनका प्रमुखसँग तस्बीर खिचेर सगौरव सामाजिक संजालमा राखेका छन् ।

अनुसन्धानको घेरामा रहेका मेयरलाई आईजीपी कार्कीले भेट्नु र सामाजिक संजालमा तस्वीर नै सार्वजनिक गरेपछि यसलाई कानुनी शासनमाथि ठूलो व्यंग्यका रुपमा लिइएको छ ।

अदालतले अनुसन्धान गर्न परमादेश दिएका मेयरसँग आईजीपी कार्कीले भेटवार्ता गरेपछि प्रहरीले कसरी निष्पक्ष अनुसन्धान गर्नसक्छ ? अनुसन्धानमा प्रभाव पार्नकै लागि मेयर सिंहले आईजीपीसँग भेटेको तस्वीर सामाजिक संजालमा राखेको भन्ने आशंकालाई बल पुर्याएको छ ।

उच्च अदालत जनकपुर, अस्थायी इजलास बीरगञ्जले १४ पुस, २०८२ मा मेयर सिंहमाथि अनुसन्धान गर्न प्रहरीलाई परमादेश दिएको छ । उच्च अदालत जनकपुर, अस्थायी इजलास बीरगञ्जका न्यायाधीशद्वय निर्मला शाक्य र दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलासले सो आदेश जारी गरेको हो ।

उच्च अदालत जनकपुर, अस्थायी इजलास बीरगञ्जले जिल्ला प्रहरी कार्यालय पर्सा, प्रहरी उपरीक्षक र जिल्ला सरकारी वकील कार्यालय पर्साका नाममा परमादेश जारी गरेको छ ।

मेयर सिंहले जालसाजी गरी अर्कैकी छोरी रुविना श्रेष्ठलाई नागरिकता दिलाएको बिषयमा २०८२ बैशाख ३० मा दर्ता भएको मुद्दामा विपक्षीले आफ्नो कानूनी दायित्व निर्वाह नगरेको ठहर गर्दै अदालतले सो परमादेश दिने फैसला गरेको हो ।

अनुसन्धानको दायरामा रहेका मेयरले आईजीपी कार्कीसँग भेटेको तस्वीर सामाजिक संजालमा राखेपछि प्रहरीले निडरतापूर्वक काम गर्नसक्छ भन्ने प्रश्न उठेको छ । कानुन ब्यवसायमा अब्बल काम गरेका ओमप्रकाश अर्याल गृहमन्त्री छन् भने प्रधानन्यायाधीश भएर न्यायसम्पादनमा निष्कलंक छवि बनाएकी सुशीला कार्की प्रधानमन्त्री छन् । तर अभियोग लागेर अनुसन्धानको घेरामा रहेका एक आरोपीलाई अर्धन्यायिक निकाय प्रहरीका प्रमुखले भेटेको तस्वीर सार्वजनिक हुँदा पनि उनीहरु मौन छन् ।

के हो रुविना श्रेष्ठको नागरिकता प्रकरण ?

जिल्ला प्रशासन कार्यालय पर्साबाट रुविना श्रेष्ठको नाममा जारी भएको नागरिकता प्रकरणमा मेयर सिंह सुरुदेखि नै विवादमा छन् ।

बीरगञ्जका मेयर सिंहले रुबिना श्रेष्ठ नाम गरेकी युवतीलाई किर्ते गरी नागरिकता बनाइदिएको खुलासा भएको थियो । सोही विषयमा विभिन्न ७ वटा निकायमा उजुरी परेको थियो ।

बीरगञ्ज महानगरपालिका–३ छपकैया निवासी भूपेन्द्रमान सिंह र रुक्मिणीदेवी श्रेष्ठको कान्छो छोराका रूपमा २०२७ सालमा जन्मिएका राजेशमान सिंहको एकमात्रै श्रीमती अन्नपूर्णा मानन्धर भएको र उनीबाट एकमात्र छोरा अनिशमान श्रेष्ठको जन्म भएको भन्दै प्रमुख सिंहले झुटो विवरणको आधारमा रुविनाको जन्मदर्ता र नागरिकता बनाएको भन्दै उनीमाथि उजुरी परेको थियो ।

मेयरको नागरिकता किर्तेबारे संघीय सदनमा समेत प्रश्न उठ्न थालेपछि गृह मन्त्रालयले उपसचिव पुष्कर रानाको संयोजकत्वमा शाखा अधिकृत परशुराम पोखरेलसहितको समिति बनाएर बीरगञ्ज पठाएको थियो ।

गृहमन्त्रालयले पठाएको टोलीले गरेको छानबिनका क्रममा श्रेष्ठले नागरिकता लिने क्रममा पेश गरेका मुख्य प्रमाणहरु नै गायब पारिएको पाइएको थियो । श्रेष्ठको नागरिकताबारे गरिरहेको छानबिनमा ढड्डाबाहेकको अन्य प्रमाण फेला नपरेको जिल्ला प्रशासन कार्यालयका अधिकारीले नै बताएका थिए ।

नागरिकता दिंदा भरिएको मुख्य कागजात भनेको अनुसूची फर्म हो । त्यो अनुसूची फर्ममा वडाको सिफारिसदेखि सबै कागजात राखेर नागरिकताका लागि आवेदन गरिएको हुन्छ । तर जिल्ला प्रशासन कार्यालयले अहिलेसम्म रुविनाको नागरिकता लिने क्रममा भरिएको अनुसूची फर्म नभेटेको जानकारी दिएको छ ।

शाखा अधिकृत परशुराम पोखरेल सदस्य रहेको टोलीले एक श्रीमती र एकमात्र छोरा रहेको महानगरका मेयर सिंहले हुँदै नभएको छोरी बनाउँदा संलग्न कर्मचारी तथा सिफारिसकर्ता लगायत कार्यालयबाटै नागरिकताको मूल अभिलेखको फाइल गायब पार्नेसहितको अनुसन्धान गर्न गृहमन्त्रालयले टोली खटाएको थियो ।

आईजीपी निवासमा बिचौलिया हावी

नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीको निवासमा बिचौलिया हावी हुने गरेका छन् । सरोज ओली नामका बिचौलियाको बाक्लो आउजाउ आईजीपी निवासमा हुने गरेको छ । नेकपाका संयोेजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा उनकी नातिनीको गीत निकाल्नेदेखि सम्मान गर्ने धन्दा संचालन गर्ने ओली दानबहादुर कार्की आईजीपी भएपछि प्रहरीमा हावी हुन थालेका छन् ।

ओलीले प्रहरी अधिकृतहरुबीच नै एक अर्काका कुरा लगाएर दुस्मनी बढाइदिने गरेको आरोप छ । स्रोतका अनुसार आईजीपी निवासमा बस्ने र सरुवा बढुवाको सूची बनाउने काम उनले गर्दैआएका छन् । गीतको म्यूजिक भिडियो बनाउने र मोडलिङ गराउने नाममा आईजीपी कार्कीका निकट भएका उनी विगतमा सर्वेन्द्र खनाल आईजीपी हुँदा सचिवालयका तत्कालीन डीआईजी उत्तम सुवेदीमार्फत् सामुदाय प्रहरी साझेदारी कार्यक्रमको बीसौं लाखको भिडियो बनाउने, प्रहरीका अधिकारीका परिवारका सदस्यलाई मोडलिङ गराउँदै कमाउधन्दा संचालन गरेका थिए ।

खनाल आईजीपीबाट बिदा भएपछि ओलीको प्रहरीमा कमाउधन्दा बन्द भएको थियो । दानबहादुर कार्की आईजीपी भएपछि उनी फेरि प्रायः आईजीपीकै निवासमा देखिने गरेका छन् । प्रहरी अधिकृतहरु आईजीपीलाई भेट्न लाइन लागेर बस्ने तर ओली भने भित्र गोप्य कोठामा प्रहरी अधिकारीकै कुरा लाएर बस्ने गरेको आरोप छ ।

धादिङका एसपी भेषराज रिजाललाई कारण नै नभई तीन महिनामा तानेका आईजीपी कार्कीले राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बारा, पथलैयाका प्रमुख एसपी राजकुमार सिलवालका अनेक विवादास्पद काण्ड आउँदा पनि संरक्षण गरेर राखेका छन् ।

प्रभुु र्बैंक लगायतका बैंकहरुमाथि सीआईबीले गरेको कर्जा दुरुपयोगको कारबाहीमा अनावश्यक चासो राख्दै दबाब दिने गरेको गुनासोसमेत गृहमन्त्रालय र प्रधानमन्त्री कार्यालयमा पुगेको छ ।

बाँकेमा प्रहरी नै चोरीको गाडीमा सवार भएको तस्वीर आउँदा र काजमा कार्यरत प्रहरीको डफ्फा घुमुवाका रुपमा परिचालन गर्दा पनि उनले चासो दिएका छैनन् । काजमा कार्यरत प्रहरीलाई सादा पोशाकमा परिचालन गर्न र इन्चार्ज बनाउने नीति लुम्बिनी प्रदेशको डीआईजी हुँदा आफैं बनाएका थिए कार्कीले । तर बाँकेका एसपी अंगुर जीसीले त्यो नीतिबिपरीत गर्दा पनि छुट दिएको आरोप छ ।

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral marwah4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88
rajamania rajamania sritoto rajamania slot88 beb88 sritoto relic88 koi77 sritoto https://eragenset.com/ sritoto sritoto sritoto
zeonslot zeonslot raintoto m77 bendera62 andara88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM