२०८३ बैशाख १६ गते, बुधबार ००:४५

नेपाल प्रहरीका १० जना एसपी एसएसपी पदमा बढुवा सिफारिस, नामावली सार्वजनिक

काठमाडौं । नेपाल प्रहरीका १० जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा गर्न सिफारिस गरिएको छ। गृह मन्त्रालयअन्तर्गत रहेको बढुवा समितिको सचिवालयले सोमबार बढुवा सिफारिस सूची सार्वजनिक गरेको हो।

नेपाल प्रहरीमा जनपद प्रहरी समूहअन्तर्गत प्रहरी वरिष्ठ उपरीक्षक पद संख्या १० (दश) मा बढुवा गर्न पुस २३ गते बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार उक्त सिफारिस गरिएको गृह मन्त्रालयले जनाएको छ।

प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार सम्बन्धित सबैको जानकारीका लागि बढुवा सिफारिस सूची सार्वजनिक गरिएको बढुवा समितिको सचिवालयले स्पष्ट पारेको छ।

बढुवा सिफारिसमा परेका प्रहरी उपरीक्षकहरूमा राम प्रकाश शाह, भुवनेश्वर तिवारी, ऋषि राम कँडेल, सुरेश प्रसाद काफ्ले, श्याम सिंह चौधरी, नकुल पोखरेल, दिलीप घिमिरे, पदम बहादुर विष्ट, योगेन्द्र सिंह थापा र सुवास चन्द्र बोहरा रहेका छन्।

सिफारिस सूचीअनुसार सम्बन्धित अधिकारीहरू हाल नेपाल प्रहरीका विभिन्न महत्त्वपूर्ण इकाइ, कार्यालय तथा गणहरूमा कार्यरत रहेका छन्।

बढुवा सिफारिसप्रति कुनै उजुरी वा दाबी भए प्रचलित कानुनअनुसार तोकिएको समयभित्र सम्बन्धित निकायमा पेश गर्न सकिने गृह मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM