२०८३ बैशाख १६ गते, बुधबार ०३:३१

कुलमान र बालेनको टीमबाट ४ पदाधिकारी थप गर्ने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पदाधिकारीको सङ्ख्या थप गर्ने निर्णय लिएको छ । आज (आइतबार) पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले ४ जना पदाधिकारी थप गर्ने निर्णय गरेको हो ।

उपसभापति, महामन्त्री, सहमहामन्त्री र सहप्रवक्ता एकरएक जना थप गर्ने निर्णय भएको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए ।

पार्टी एकीकरण एवं विस्तारको क्रममा पार्टीले यसअघि गरेको सम्झौता कार्यान्वयनको लागि पार्टी विधान संशोधनमा समावेश हुने गरी पदाधिकारीको सङ्ख्या थप गर्ने निर्णय गरिएको हो ।

रास्वपाले कुलमान र बालेन पक्षलाई जोड्न पदाधिकारीको सङ्ख्या बढाउने निर्णय गरेको हो । एकतापछि रवि पहिलो कुलमान दोस्रो र बालेनलाई वरियता हुने सहमति यसअघिकै भइसकेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM