२०८३ बैशाख १६ गते, बुधबार ०५:०९

वैशाख २८ देखि ३१ गतेसम्म काँग्रेस महाधिवेशन गर्न पूर्णबहादुरको नयाँ प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म गर्ने प्रस्ताव अघि सारिएको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सानेपामा जारी केन्द्रीय सम्पादन समितिको बैठकमा उक्त नयाँ मितिबारे प्रस्ताव गरेका हुन्।

खड्काले तत्काल निर्वाचनमा केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याउँदै महाधिवेशन वैशाखमै सम्पन्न गर्न उपयुक्त हुने धारणा राखेको नेता विमलेन्द्र निधिले सञ्चारकर्मीहरूलाई जानकारी दिएका छन्।

उनका अनुसार पार्टीको आन्तरिक संगठन सुदृढ गर्दै आगामी राजनीतिक कार्यसूचीलाई प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यसहित महाधिवेशनको मिति प्रस्ताव गरिएको हो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM